शासकीय स्वरुपमा त्रुटि छ, संविधान संशोधन गरौं : उपेन्द्र यादव

२५ भदौ, विराटनगर । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सरकार गठनसबन्धी संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले संविधान संशोधन गरेर यसलाई सच्याउनुपर्ने बताए ।

संसदीय व्यवस्था भनेको बहुमत प्राप्त दलले सरकार बनाउने र बहुमत नहुँदा सरकारबाट हट्ने भएको उनले बताए । अघि भने, ‘अर्काेले पनि बहुमत ल्याएन भने मध्यवधिमा जाने हो ।’
तर संविधानमा पाँच चरण पार गर्नुपर्ने व्यवस्था भएको भन्दै उनले यसलाई सच्याउनुपर्ने बताए । उनले अघि भने, ‘जुन खालको संसदीय व्यवस्थाको संरचना संविधानमा निर्धारण गरिएको छ, त्यसमाथि पुनर्विचार गर्नुपर्छ ।

निर्वाचन प्रणालीमा पनि त्रुटि रहेको उनको जिकिर छ । जसपा अध्यक्ष यादवले भने, ‘संविधान संशोधन गरेर शासकीय स्वरुप र निर्वाचन प्रणाली फेरबदल गर्न जरुरी छ ।’

अनलाईन खबरबाट साभार

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय