राजेन्द्र विश्वकर्मा । गोडैता – नेपाल शिक्षक महासंघ गोडैताद्वारा नगरपालिकामा धर्ना कार्यक्रम सम्पन्न भएको छ। नगरपालिका भित्रका सम्पूर्ण शिक्षक-शिक्षिका, राहत शिक्षक, बिद्यालयका कर्मचारी, बाल विकास लगायत शिक्षासंग आबद्व सम्पूर्ण व्यक्तिद्वारा आइतबार नगरपालिकाको कार्यालय अगाडी ३ घण्टे धर्ना कार्यक्रम सम्पन गरिएको हो।
अहिले सार्वजनिक भएको ‘संघिय शिक्षा ऐन २०८०’ मा रहेका केहि मस्यौदा र केहि दफाहरू संबिधान प्रदत्त ट्रेड युनियन अधिकार, शिक्षक,कर्मचारीको पेसागत सुरक्षा र स्वाभिमानको बिरुद्धमा रहेका र उक्त मस्यौदा र केहि दफाहरूमा भएका सबै बुँदाहरु उचित ढंगबाट नसमेटिएको भन्दै उक्त पालिकास्तरको धर्ना दिइएको नेपाल शिक्षक महासंघ गोडैताका अध्यक्ष मनोज कुमार यादवले बताउनु भयो।
साथै, स्थायी, अस्थायी, करार, राहत, साविक उच्च माध्यामिक विद्यालय, बालकक्षा, विशेष कक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार लगायत सबैखाले शिक्षक र विद्यालय कर्मचारीका माग प्रश्तावित ऐनले सम्बोधन नगरेको भन्दै नेपाल शिक्षक महासंघले शिक्षकमैत्री शिक्षा ऐन नआएसम्म बिभिन्न चरणका आन्दोलनहरु घोषणासमेत गरेको छ। साथै शिक्षा ऐन परिमार्जन नहुँदासम्म आन्दोलन निरन्तर रहने पनि महासंघले जनाएको छ।



