जाजरकोटका एक युवाको मकवानपुरमा सुक्खा पहिरोमा खसेको ढुङ्गा लागेर मृत्यु

जाजरकोटका एक युवाको मकवानपुरमा सुक्खा पहिरोमा खसेको ढुङ्गा लागेर मृत्यु भएको छ। जाजरकोटको शिवालय नगरपालिका–८ का २२ वर्षीय कीर्तिबहादुर नेपालीको शुक्रबार साँझ उपचारको क्रममा मृत्यु भएको हो।

मृतक नेपाली मकवानपुरको भिमफेदी गाउँपालिका–२, भैंसेमा रहेको प्रहरी चौकी भैंसेमा कार्यरत एक प्रहरी जवान रहेको बताईएको छ। नेपाली सोहि ठाउँमा सुक्खा पहिरोसँगै खसेको ढुङ्गाले लागेर घाइते भएका थिए, घाईते भए पश्चात उनलाई उपचारको लागि तत्काल हेटौंडा अस्पतालमा ल्याइएको थियो, नेपालीको सोहि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुरका जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।

मृतक नेपालीको शवलाई आजै जाजरकोट पठाउने तयारि भईरहेको प्रहरीले जनाएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय