सल्यानमा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।
जिल्लाको शारदा नगरपालिका-१४, ढारखानीमा आज ( आइतबार ) बिहान स्थानीय ४७ वर्षीया उर्मिला गिरीको शव घाँटी रेटिएको अवस्थामा मकैबारीमा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
गिरि बिहान घाँस काट्न मकैबारीमा गएकी थिइन्। लामो समय भैसक्दा पनि घर नआए पछि घर परिवारले खोजि गर्ने क्रममा घर नजिकै रहेको मकैबारीमा हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।
घटनास्थलमा तालिमप्राप्त कुकुर ल्याएर घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए । – dhadkanfm.com



