राजेन्द्र बिश्वकर्मा । सर्लाहिको मलंगवा नगरपालिका -९ स्थित श्री कृष्णामती माध्यामिक बिद्यालयको प्राङ्गनमा एक अपरिचित पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार अन्दाजी २२/२३ बर्षको जस्तो पुरुषको शव आज बिहान स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेका थिए र खबर पाउँन साथ प्रहरी पनि घटनास्थलमा पुगेर घटनाको जाँचबुझ गरि कानुनि प्रक्रिया पुर्याई शवलाई अहिले परिक्षणको लागि मलंगवास्थित प्रादेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारि दिपेन्द्र पंजियार थारुले जानकारी दिनुभयो।



