सरोज यादव । जेठ , २ सर्लाही । तिन दिने स्वास्थ्य संस्था सन्चालन तथा व्यवस्थापन समितिको (HFOMC) तालिम मंगलवार बाट मलंगवामा सुरु भएको छ ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रको समन्वयमा सुरु भएको तालिममा पर्सा गाउपालिका अन्तर्गतका स्वास्थ्य चौकी स्वास्थ्य संस्था सन्चालन तथा व्यवस्थापन समितिको सहभागीता रहेको छ । तालिमको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।
तालिमको उद्घाटन गर्दै राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका प्रमुख शिवजी प्रसाद शाहले विगतमा देखि नै समुदाको काम गर्दै आएरहेको, स्वास्थ्य संस्था लाई कसरी राम्रो पर्ने र जनसमुदाय ले कसरी गुणस्तरीय सेवा सुविधा उपलब्ध गराउने र स्वास्थ्य संस्था लाई कसरी व्यावस्थापन गर्ने, पछाडी परेका महिलाहरु अहिले आएर आफ्नो अधिकारको लागी आवाज उठाउदै अघि बढेको बताउनु भयो । उनले समितिको सदस्यहरुको व्यवस्थापकिय क्षमता अभिवृध्दि , स्वास्थ्य सन्स्थाको व्यवस्थापन सुदृढ गर्ने , स्वास्थ्य सन्स्थामा सुसासनमा कायम गर्ने लगायतको मन्तव्य राख्नु भएको छ ।
वर्ल्ड भिजन इन्टरनेशन नेपालको आर्थिक सहयोग र राष्ट्रीय रोजगार प्रवद्र्न केंद्रको समन्वयमा संचालित एकिकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना तिन दिने कार्यक्रम भइरहेको छ | रघुनाथ साह को प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको उदघोषक आर आर पी के (RRPK) का फिल्ड अधिकृत राजेश साह ले गरेका हुन, भने प्रशिक्षक हरिपुर्वा नगर पालिका स्वास्थ्य शाखा प्रमुख राम एकवाल राय र कार्यकरम स्वागत मनत्वय गरे आर आर पी के कार्यकारी निर्देशक प्रशिक्क्षकले गरेका हुन ।
उक्त कार्यक्रम मलंगवा स्थित महेन्द्र होटल एवं लाँज को सभाहलमा भैरहेको फील्ड अधिकृत राजेश शाहले जानकारी दिनुभएको छ |



