बारा । बारा–२ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाएका छन् ।
पछिल्लो अपडेट अनुसार जसपा अध्यक्ष यादवले १२ हजार ८४८ मत प्राप्त गरेका छन् भने जनमतका कुशवाहले ८ हजार ४८८ मत प्राप्त गरेका छन् । अहिले यादव ४ हजार ३६० मतले अगाडी रहेका छन् ।
त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ४ हजार ५१६ मत प्राप्त गरेका छन् भने रास्वपाका रमेश खरेलले १९९१ मत प्राप्त गरेका छन् ।
त्यस्तै आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले १०२२ मत प्राप्त गरेका छन् ।
बारा–२ मा ६ स्थानीय तहको ४४ वटा वडा रहेको र यस निर्वाचन क्षेत्रमा एक लाख पाँच हजार २४८ मतदाता रहेका थिए । जसमा ६८ हजार ८ सय ८७ मत खसेको छ ।



