सर्लाहीको कविलासी नगरपालिकामा भ्याक्सिलेटर माग

सर्लाही । कविलासी नगरपालिकाले भ्याक्सिलेटर माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै भ्याक्सिलेटर माग गरेको हो ।

चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप पशुहरुलाई भ्यागुते, चरचरे र पीपीआर खोप लगाउनको लागि भ्याक्सिलेटर माग गरेको हो । नगरपालिकाले केही संख्यामा करार सेवामा भ्याक्सिलेटर भर्ना गराउने जनाइएको छ ।

योग्य व्यक्तिले सूचना प्रकासित भएको ७  दिन आवश्यक कागजातसहित आवेदन दिन सक्ने जनाएको छ । जेटिए पशु तालिम लिएका व्यक्तिले नागरिकताको प्रतिलिपी र १० रुपैयाँको टिकटसहित निवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय