सर्लाहीमा फोहोर फाल्ने ठाउँबाट नक्कली नोट बरामद

सर्लाही, बैशाख ५ गते । सर्लाहीको लालबन्दीमा ठूलो परिमाणमा नक्कली नोट बरामद भएको छ । मंगलबार बिहान लालबन्दी नगरपालिका–७, बजारस्थित पुरानो गोल्डेन फ्यूचर आवासीय विद्यालय रहेको भवनको पछाडिपट्टी फोहोर फाल्ने ठाउँमा नक्कली नोट बरामद भएको हो ।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी नायब उपरीक्षक शान्ताराम कार्कीले एक हजारका ५३० वटा नक्कली नोट बरामद भएको जानकारी दिए । नक्कली नोटसँगै एक हजार दरको नोट आकारकै पाँच सय भन्दा बढी ‘फोटोकपी पेपर’ समेत बरामद भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय