सर्लाही – सर्लाहीमा पहिलो पटक नेपाली कांग्रेसको वडा स्तरमै कार्यालय स्थापना गरिएको छ । चन्द्रनगर गाउँपालिका वडा नं. ३ बड्कुर्वामा शनिवार नेपाली कांग्रेस वडा कार्य समितिको कार्यालय स्थापना गरिएको वडा सभापती भिखारी महतोले जानकारी दिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका माहाधिवेशन प्रतिनिधि तथा पूर्व राज्य मन्त्री शम्भुलाल श्रेष्ठले नेपाली कांग्रेस चुनाव पश्चात् पुर्ण रुपमा निष्क्रीय भएको बताए । चुनाव पश्चात आफनै कलहले नेपाली कांग्रेस कमजोर भएको श्रेष्ठले बताए । नेता श्रेष्ठले सर्लाही कांग्रेसलाई चलायमान बनाउन नगर र गाउँ समिति गठन गर्नुपर्ने बताए । पालिका कमिटी अती आवश्यक छ ।पार्टी एकातिर र पालिका जनप्रतिनिधि अर्का तिर रहेको छ, नेता श्रेष्ठले बताए । पार्टीमा असन्तुष्टि भए पनि सबै जना एकजुट एकजुट नहुनुको बिकल्प नभएको नेता श्रेष्ठले बताए ।
त्यस्तै चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले आफु नेपाली कांग्रेसलाई बलियो बनाउन हर सम्भव प्रयास गर्ने बताए । अध्यक्ष महतोले चन्द्रनगरमा अब कांग्रेस बलियो हुने दाबी गरे । बिगतको तिक्ता आफुले बिर्सिसकेको हुदाँ नेपाली कांग्रेसी सबै जनालाई एकता गर्न, हरेक वडा बलियो बनाउन आफु तयार भएको अध्यक्ष महतोले बताए ।
यसैगरी सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस सर्लाहीका सभापती सुरेन्द्र सिंहले सर्लाहीमा पहिलो पटक वडा स्तरमै नेपाली कांग्रेसको कार्यालय खोलिएको बताए । बिगतमा जे जसो भए पनि आज देखि पुराना तिक्तता त्याग्दै अघि बढन कांग्रेस नेतालाई सभापति सिंहले बताए । नेपाली कांग्रेस जिल्ला कार्य समिति सँग पालिका अधिवेशन गर्न अधिकार नभएको पार्टी सभापति सिंहले बताए । हामीले अब कामको मुल्यांकन गरी आउने निर्वाचनमा टिकट वितरण गर्ने उहाले बताए । सभापति सिंहले व्यक्ति गत रुपमा नेपाली कांग्रेस वडा कार्य समितिको कार्यालयको फर्निचर किन्नको लागि नगद रु ५ हजार वडा सभापति भिखारी महतोलाई हस्तान्तरण समेत गरेको छ ।
त्यस्तै महाधिवेशन प्रतिनिधि सोनेलाल साहले आफु कांग्रेसलाई बलियो बनाउन अथक मेहनत गर्ने बताए । आजको कार्यक्रमले आफुलाई थप उर्जा प्रदान गरेको छ, काग्रेसलाई सर्लाहीमा मजबुत बनाउन सक्दो प्रयास गर्ने छु महाधिवेशन प्रनितिनिधि साहले भने । अब केहि दिनमै वडा नं. १ मा पनि नेपाली कांग्रेसको वडा स्तरीय पार्टी कार्यालय खोलिने नेपाली कांग्रेसका नेता तथा महाधिवेशन प्रतिनिधि साहले भने ।



