मलंगवामा आगलागीबाट दुई घर जलेर नष्ट

अरोज यादव । वैशाख ३, सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका – ४ शिवसागर चौक भन्दा पश्चिम जाने बाटोमा रहेको एक घरमा आईतवार साँझ आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । स्थानीय सुरेश रामको दुवै घरमा आगलागी भएको हो ।

रामको घरमा हावाहुरीका कारण आगो सल्किएको थियो । दुवै घर मध्ये एक घरको अन्नपात, लत्ताकपडा, भाँडाकुँडासहितको सामग्री जलेर नष्ट भएको छ भने एक घरको छानामा मात्र आगो लागेको मलंगवा – ४ का उमेश पण्डितले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय मलंगवाको टोली घटनास्थलमा पुगेको छ ।

यता, मलङवा नगरपालिकाको दमकल बिग्रेर मर्मतका लागि हेटौंडा पठाईएको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले बताए ।
दुई वर्षअघि जिल्ला ब्यवस्थापन समितिको बैठकबाट नजिकका तीन / चार वटा पालिका मिलेर भएपनि दमकल खरिद गर्ने निर्णय गरेपनि सो निर्णय कार्यान्वयनका लागि कुनै पनि पालिकाले चासो नदेखाएको स्थानीयको आरोप छ ।

आगो निभाउने साधन नाअएपछि तनाव ग्रस्त बनेको छ । स्थानिय युवा र प्रहरी बीच झडप कै सृजना भएको हो ।
प्रहरीको गाडी आउदा आक्रोशित युवाहरू गाडी तोडफोड संगै नगरपालिकाको कार्यालय र नगर प्रमुखको घरमा समेत मेयर मुर्दावादको नारा र ढुङ्गामुढा गरेका छन् ।
क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय