अरोज यादव । वैशाख १ , सर्लाही | रेडियो मलंगवा शुक्रवार पाँचौ वर्ष पुरा गरि छैठौं वर्षमा सफलतापूर्वक प्रवेश गरेको उपलक्ष्यमा केक काटेर उत्सव मनाएको छ ।
रेडियो मलंगवाका अध्यक्ष सरोज यादवले केक काटेर उत्सव मनाएका थिए । समाज परिवर्तनमा रेडियोको भुमिका अहम भएको रेडियो मलंगवालाई छैठौं वार्सिक उत्सव तथा नयाँ बर्ष २०८० सालको अवसरमा रेडियो मार्फत जिल्लाबासी शुभकामना दिनुभएको छ ।
मलंगवा मिडिया प्रालि द्धारा संचालित रहेको रेडियो मलंगवा ९५.६ मेगार्हजले प्रसारण गरेको गित संगीत, सूचना, समाचारले रेडियोको कोभरेज एरियामा स्रोता बर्गमा आफ्नो छुट्टै विशेषता बोकि भाषा भाशि मध्य मैथली, थारु, नेपाली, हिन्दी, भोजपुरी लगायतका भाषाको गीत संगीतको माधयम बाट मनोरञ्जन प्रदान गर्ने गरेको मलंगवा मिडिया प्रालिको अध्यक्ष सरोज कुमार यादवले बताए ।
मलंगवा मिडिया प्रालिका संस्थापक अध्यक्ष यादवले केक काटेर उत्सव मनाएका थिए । समाज परिवर्तनमा रेडियोको भुमिका अहम भएकोले रेडियो मलंगवालाई छैठौ वार्सिक उत्सव तथा नयाँ बर्ष २०७८ सालको शुभकामना दिनुभयो । रेडियो मलंगवा रौतहट, सिरहा, सप्तरी, उदयपुर, सिन्दुली, धनुषा, छिमेकि मुलुक भारतका बिहार राज्य लगायतका जिल्लाहरुमा चर्चित रहेको छ ।
यो रेडियो अन्लाईन मार्फत देश विदेशमा रहेका अधिकांश नेपालीहरुको समेत मन जित्न सफल भएको आर्जे मंजु यादवले बताए । सदरमुकाम मलंगवा तेस्रो रेडियोको रुपमा २०७४ बैशाख १ गते दर्ता भई आफ्नो प्रसारण सुरु गरेका थियो । रेडियो मलङवा पाचौ वार्षिक उत्सव रेडियो मलङ्वा अध्यक्ष सरोज कुमार यादव, म्यानेजर अरोज कुमार यादव, कार्यक्रम संचालक सुनिल कुमार , मोहन नेपाल, मंजु यादव, दिलराज यादव ,गुडी यादव लगायत रेडियो कर्मी तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।



