मधेश सरकार बारा २ को उपनिर्वाचनमा केन्द्रीत भएको रास्वपा सांसद झाको आरोप

जनकपुर। राष्ट्रिय स्वतत्त्र पार्टी(रास्वपा) सांसद मनिष झाले मधेश प्रदेश सरकार नै बारा २ को उपनिर्वाचनमा केन्द्रीत भएकोप्रति निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएका हुन् ।

आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रदेश सभामा जाँदा केहीपनि नभेटिएको बताए।

उनले भने, ‘ वैशाख १० को उपनिर्वाचनमा मधेश प्रदेशको सरकार बारा २ को निर्वाचन क्षेत्रमा केन्द्रित छ। प्रदेशसभामा जाँदा मुख्यमन्त्रीदेखि कोही भेटिदैनन्। निर्वाचन आचारसंहित र ऐनअनुसार यस्तो गर्न पाइँदैन। तर, किन हुँदैछ? निर्वाचन लोकतन्त्रको आधारभूत सिद्धान्त हो भने लोकतन्त्रको आधार सिद्धान्त कानुनी शासन पनि हो। त्यसलाई ध्यान दिइयोस्। निर्वाचन आयोगको ध्यान केन्द्रित होस्।’

  • नेपाल प्रेस बाट साभार

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय