वर्षमान पुनको आमालाई गोली प्रहार गर्ने हवल्दारलाई लगियो प्रहरी हेडक्वार्टर

काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमालाई गोली प्रहार गर्ने प्रहरीका सहायक हवल्दारलाई प्रहरी प्रधान कार्यालयमा लगिएको छ ।

गए राति बालुवाटारमा ७४ वर्षीय तिर्थमाली पुन मगरलाई सहायक हवल्दार प्रकाश पुन मगरले गोली प्रहार गरेका थिए । उनको खुट्टामा गोली लागेको छ ।

आरोपीलाई पक्राउ गरेर प्रहरी प्रधान कार्यालयमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । नातामा तिर्थमाली उनको हजुरआमा हुन् ।

प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाशले गए राति १० बजेतिर निवासमा गएर गोली प्रहार गरेका हुन् । घाइते तिर्थमालीको ट्रमा सेन्टरमा उपचार हुँदैछ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय