नेता श्रीचन राय यादवद्वारा होलि मिलन तथा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न

अरोज यादव । फाल्गुन २० ,सर्लाही । सर्लाहीको बलरा नगरपालिका ११ छातौनामा होलि मिलन तथा शुभकामना अदानप्रदान कार्यक्रम शनिवार सम्पन्न भएको छ । युवा समाजसेवी तथा क्रान्तकारी नेता श्रीचन राय यादवद्वारा आयोजित होलि मिलन तथा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको हो। संस्कृति संरक्षणका लागि आयोजित होली मिलन समारोहमा बिभिन्न क्षेत्रका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

 

समाजसेवी हरिनन्दन यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सर्लाही क्षेत्र न .- ४ का संघीय सांसद प्रत्यासी राकेश मिश्र रहेको थियो।

युवा हरु देशको कर्णधार हो अब देशमा युवा हरु लाई अगाडि बढन र आत्मनिर्भर बन्न समेत आग्रह गरेका छ्न । युवा र युवा कल्ब हरु कसैको झोला बोकने काम नगर्न र देश जनता हरु को लागी ईमान्दारी पुर्वक लागन आग्रह समेत गरेका छन ।

होली पर्वको आफ्नै सांस्कृतिक महत्व रहेको बताउदै होलीमा विकृति नभई एक आपसमा रङ्ग साटासाट गरेर सद्भाव बांड्दै मनाउनु पर्नेमा जोड दिनुभएको थियो ।

 

उक्त कार्यक्रममा सहभागीहरु जनाले आ आफ्नो मन्तव्य राखदै होलिको शुभकामना दिएको थियो।
कार्यक्रममा विभिन्न वडाका निर्वाचित वाडा अध्यक्ष लगायत नेता कार्यकर्ताहरुको बाक्लो उपस्थित रहेको थियो।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय