नेपाल सरकारले विभिन्न बालीहरुकोलागि आवश्यक आधारभूत पोषक तत्वका रुपमा रहेको नाईट्रोजन, फोस्फोरस र पोटास तत्व उपलव्ध गराउने रासायनिक मलहरुमा लागत सहभागिताका आधारमा किसानहरुलाई अनुदान उपलब्ध गराउने नीति लिदैआएको छ । यसै नीति अनुसार सरकारले यूरीया, डि.ए.पी. र एम.ओ.पी. मलहरु अनुदानित सुलभ मूल्यमा किसानहरुलाई उपलब्ध गराउने गरेको छ। अनुदानमा रासायनिक मल उपलब्ध गराउनको लागि बालीमा मलको महत्व र सरकारको आर्थिक क्षमता समेतका आधारमा वार्षिक रुपमा बजेट वक्तव्य मार्फत निश्चित रकम विनियोजन गर्ने गरेको छ।
आ.व. २०७८/७९ को लागि रासायनिक मलमा अनुदानको लागि रु. १५अर्व विनियोजन भएकोछ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको सहज आपूर्तिकालागि निरन्तर प्रयासरत रहे पनि विश्व बजारमा आएको मलको मूल्यको उतार चढावको कारणले मल आपूर्तिमा असहजता भएको छ । यस अवधीमा मल आपूर्तिकोलागि कृषि सामग्री कम्पनी लिमिटेडको तर्फको १ लाख 5 हजार मे.टन र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको तर्फबाट १ लाख १७ हजार मे.टन गरी जम्मा 2 लाख 22 हजार मे.टन रासायनिक मल विभिन्न आपूर्तिकर्ताहरुले सम्झौताको समयावधिभित्र उपलब्ध नगराएकोले मल आपूर्तिमा अभाव सृजना भएको हो । समयावधिभित्र मल उपलब्ध नगराउने त्यस्ता आपूर्तिकर्ताहरुको ठेक्का रद्ध गरी कार्यवाही प्रक्रियामा समेत अगाडी बढाएको अवस्था छ । यो अविधिमा 1 लाख मे.टन युरिया,४४ हजार ७ सय मे.टन डि.ए.पि.र ७५०० मे.टन एम.ओ.पि. आपुर्ति भइसकेको छ ।
नियमित रुपमा ग्लोबल टेण्डरको अलावा नेपाल सरकारले प्रमुख बालीको सिजनमा हुने मल अभावलाई कम गर्न र रासायनिकमलको सहज आपूर्ति र उपलब्धता गराउने ध्येयको साथ नेपाल सरकारले भारत सरकारसँग सरकार-सरकार (GtoG) प्रक्रियाबाट आगामि ५ वर्षमा ५ लाख ६५ हजार मे.टन युरिया र 3 लाख ७० हजार मे.टन डि.ए.पि.मल खरिद गर्ने गरी सम्झौता गरेको छ। धानबालीको सिजनमा मलको आपूर्तिलाई सहजता प्रदान गर्न यस आ.व.को लागि १ लाख ५० हजार मे. टन रासायनिक मल भारत सरकारबाट यसै सम्झौता अन्तर्गत खरिद गर्न प्रयास भइरहेको छ। यस सम्झौता अन्तर्गत खरिद प्रक्रिया अगाडी बढाउन नेपाल सरकारको तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेडर भारत सरकारबाटराष्ट्रिय केमिकल्स एण्ड फर्टिलाइजर लिमिटेडलाई मल खरिद प्रक्रियाको लागि तोकिएको छ। दुवै कम्पनीहरुबीच विभिन्न चरणमा वार्ता र छलफल भई खरिद सम्झौता अन्तिम चरणमा रहेको छ।
केही समय देखि विश्वव्यापी महामारीका रुपमा फैलिएको Covid -19 का कारण खडा भएको विषम परिस्थिती (अन्तर्राष्ट्रिय रुपमा रासायनिक मलको उत्पादनमा आएको ह्रास, युद्ध, विभिन्न प्रकारका ईन्धनको उत्पादनमा भएको गिरावट तथा मूल्य वृद्धि) का कारण रासायनिक मलको अन्तर्राष्ट्रिय बजार मूल्यमा तिव्र वृद्धि भर्इ सहज आपूर्तिमा ठूलो व्यावधान आएको छ। यसै बीचमा रासायनिक मल तथा ईन्धनको प्रमुख उत्पादन क्षेत्रका रुपमा रहेको रुस-यूक्रेन बीचको बढ्दो तनाव र पछिल्लो समयमा शुरु भएको युद्धले, Covid-19 का कारण विथोलिएको रासायनिक मलको वजारमा थप वाधा थपेको छ। यी सबै परिस्थितीका फलस्वरुप रासायनिक मलको अन्तर्राष्ट्रिय मूल्यमा अप्रत्यासित वृद्धि आएको छ। गत आ.व. को जेष्ठ महिनामा औषतमा युरियाको मूल्यकरिब रु. ५५ प्रति के.जी र डि.ए.पि.को मूल्य करिब रु. ८२ प्रति के.जी रहेकोमा हाल अन्तर्राष्ट्रिय बजारमा युरियाको मूल्य करिब रु. ९८ प्रति के.जी र डि.ए.पि.को मूल्य करिब रु. १५० प्रति के.जी रहेको र जुन गत आ. व. को यही अवधीको मूल्य भन्दा निकै वढी रहेको छ। चालु आ.व.को मल आपूर्तिको मुख्य सिजनको (माघ र फाल्गुन)दौरानमा युरियाको मूल्य बढिमा रु. १३९ प्रति के.जी र डि.ए.पी.को मूल्य बढिमा रु.१६८ प्रति के.जी. सम्म पुगेको थियो। हाल सरकारले रासायनिक मलको मूल्य प्रणाली अनुसार आयात विन्दुमा युरियाको मूल्य रु.१५ प्रति के.जी रडि.ए.पी.को मूल्य रु.४४ प्रति के.जी. रहेको छ । यसरी सरकारले कृषि उत्पादनलाई प्रवर्द्धन गर्न ठूलो रकम अनुदानमा प्रवाह गरेको छ तर आपुर्ति सहज बनाउन कठिनार्इ रहेको छ।विगत पाँच बर्षको मल आपुर्तिमा लाग्ने समयको अध्ययन गर्दा बोलपत्र प्रकाशित भएकोदिन देखि नेपालको गोदाममा मल पुग्न औसत २२६ दिन लाग्ने गरेको छ।यसले मल आपूर्तिको लामो र जोखिमपूर्ण श्रृङ्खलालार्इ देखाउँछ र लक्षित समयमा रासायनिक मलको आपुर्ति गर्न २२६ दिन अगाडी प्रक्रिया शुरु गर्नुपर्ने आवश्यकतालार्इ जनाउँछ।
यस परिवेषमा रासायनिक मलको आपूर्ति श्रृङ्खलामा आएको व्यवधानका कारण आशातित आपूर्ति हुन नसके पनि हालको अवस्था निम्न अनुसार रहेको छ।
• साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले खरिद गर्ने मध्ये २०००० मे.टन DAP प्राप्त भइरहेको; २२000 मे.टन युरिया जेष्ठ अन्तिम हप्ता देखि प्राप्त हुन शुरु हुने।
• कृषि सामग्री कम्पनी लिमिटेडले खरिद गर्ने मध्ये ३०००० मे.टन युरिया असारको दोस्रो हप्ता देखि प्राप्त हुन शुरु हुने; २०००० मे.टन DAP असारको तेस्रो हप्ता देखि प्राप्त हुन शुरु हुने र २0000 मे.टन DAP असार अन्तिम हप्ता देखि प्राप्त हुन शुरु हुने ।
• GtoGमाध्यमबाट भारतबाट मल खरिद अन्तर्गत ५0000 मे.टन युरिया र ३0000 मेटन DAPअसार मसान्त सम्ममा प्राप्त हुने ।
- नया दैनिकी बाट साभार



