म जनताको सेवाको लागि आएको हु- वडा अध्यक्ष साह

सर्लाही, जेठ १४ गते । मलङ्ग्वा नगरपालिका वडा नं. २ का नवनिर्वाचित वडा अध्यक्ष धिरेन्द्र साह जनताको सेवामा स्वस्फूर्त रुपमा लागेका छन् ।

वडा अध्यक्ष साहले आफ्नो व्यक्तिगत खर्चमा वर्षाबाट डुबानमा परेको बस्ती र सडकको पानी निकास लगायतका वडाको समग्र विकासमा लागेका छन् ।

ढल निर्माणनै नभएका यस ठाउँमा वर्षा भएपछि डुबानको समस्या हुदै आएको छ ।

वडा अध्यक्ष साह भन्छन्, म जनताको सेवाको लागि आएको हु, र जनताले मलाई पत्याएर भोट दिएको छ । तसर्थ वडा नं. २ को समग्र विकासको लागि आफुले कुनै कसर बाकी नराख्ने उनले दावी गरेका छन् ।

यस सडकमा दैनिक रुपमा गुड्ने मोटर साईकल तथा गडीहरुलाई आवतजावतमा सजिलो होस भनेर आफुले व्यक्तिगत खर्चमा सडकमा जमेको पानी निकालेको उनको भनाई छ ।

युवामा विकासप्रतिको माया मात्रै नभएर परिवर्तनका संवाहक पनि युवा नै भएकोले आफु सपथ ग्रहण अगावै काम सुरु गररेको वडा अध्यक्ष साहले बताए । वडा अध्यक्ष साह जनताको सेवामा सदैव समर्पित रहने मेहनती युवा हुन् । उनि नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी भएका छन् ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय