जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका नगर प्रमुख (मेयर) उदय कुमार बरबरिया (यादव) ले सरकारी गाडी बुझाएका छन् ।
शहिदनगर नगरपालिकामा मेयरमा निर्वाचित भएपछि उनले चढदै आएको सरकारी गाडी विहिबार दिउँसो नगरपालिकालाई विधिवत रुपमा गाडीको साँचो (चाभी) बुझाएका हुन् ।
विहिबार दिउँसो नगरपालिकाका कार्यालय प्रमुख (प्रमुख प्रशासकीय अधिकृत) रामकिशोर महतोलाई साँचो बुझाएका हुन् ।
आउँदो बैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी निर्वाचन आचारसंहिता पालना गर्दै उनले गाडी बुझाएको बताएका छन् ।
आफूले चढदै आएको गाडी निर्वाचनको मर्मलाई दृष्टिगत गरी साँचो बुझाएको मेयर बरबरियाले बताए ।
प्रदेश २–०२–००१ झ ०००१ नम्बरको सरकारी गाडी मेयर बरबरियाले अधिकृत महतोलाई बुझाएका हुन् ।
निर्वाचनको क्रमम चुनावी प्रचार प्रसारमा सरकारी सवारी दुरुपयोग नगर्न निर्वाचन आयोगले आचारसंहिता जारी गरेपछि उनले केहीदिनपछि सवारी विधिवत रुपमा बुझाएका छन् ।
जनप्रतिनीधिको रुपमा जनसरोकार र नगपालिकाको कामकाज हेतु चढदै आएको सरकारी गाडी उनले विहिबार विहान अधिकृत महतोलाई बुझाएका छन् ।
यसअघि उनले कोभिड महामारीको बेला आफूले चढदै आएको स्कोरपियो सरकारी गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएका थिए ।
मेयर बरबरियाले नगरपालिकाका जिन्सी शाखा प्रमुख सुदिप भट्टराई, लेखापाल लोक बहादुर नेपालीसहित नगरपालिकाका अन्य कर्मचारीहरुको रोहबरमा गाडी बुझाइदिएका छन् ।



