धरान / नेपाल प्रहरीका घुमुवा हवलदार केशव कार्कीलाई निलम्बन गरिएको छ । पूर्वेली न्यूजमा इलाका प्रहरी कार्यालय पथरी दरबन्दी भई हाल विराटनगर इलाका प्रहरी कार्यालय रानीमा खट्दै आएका घुमुवा प्रहरी कार्कीले प्रहरी संग १० हजार नगद घुस लिएको भिडियो सहितको समाचार प्रकाशन भएको थियो ।
पूर्वेली न्यूजमा प्रकाशित भिडियो सहितको समाचारको आधारमा १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरुण बिसीले कार्कीलाई जति सक्दो छिटो निलम्बन गरी अनुसन्धान गर्नु जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएका थिए। प्रहरीले कुनै पनि बहानामा घुस लिएमा खवर गर्नुहोस् घुस लिएको प्रमाणित भएमा तत्तकाल कानुनी दायरामा ल्याएर कारबाही गर्छु भन्दै डिआइजी बिसीले भने यो विषयमा म गम्भीर छु ।
मोरङका एसपी शान्तिराज कोइरालाले कार्कीलाई निलम्बन गरी कार्यालयमा उपस्थित गराएर सोधपुछ गर्ने बताए संगै हवलदार फोन अफ गरेर प्रहरीको फरार सूचीमा भएको स्रोतको दाबी
रहेकाे छ । कार्कीले नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते विराटनगर महानगरपालिका १६ को दर्हेया बस्ती ठुला कपडा व्यापारी (तस्करी) जनार्दन यादव र भारतको जोगबनी पन्चायत इन्दिरा नगर वडा नं १० टिकुलिया बस्ने जनार्दनका पार्टनर गणेश यादवसँग घुस बापत पैसा लिएका हुन् । घुस लिएको पैसा कार्कीले लुकेको र निहुरिएको जस्तो गरी तत्काल गोजीमा हालेको भिडियोमा देखिएको छ । सो भिडियोमा मैथली भाषाबाट रकमको मोलमोलाई समेत भएको छ।
सीमावर्ती क्षेत्रमा उनले उनी एक होटल बाहिर राखिएका कुर्सीमा बसिरहेका उनी कपडा तस्करी गर्ने जर्नादन यादवले घुस दिएका हुन् । सिमावर्ती क्षेत्रमा प्रहरीले घुस लिने कार्य पछिल्लो समय सामान्य जस्तै बन्दै गइरहेको छ । घुस लिएको उजुरी पग्यो भने आन्तरिक रुपमा निलम्बन गरी पुनः निलम्बन फुकुवा गरिन्छ ।
गत २०७७ असार महिनामा घुमुवा प्रहरी जवान अनीश अली र हवल्दार कार्कीले मिलेमत्तोमा जगदीश शाह व्यापारीको सामान विराटनगर १६ को दर्हैया हुँदै भारत तिर कटाइरहेको समयमा ५० बोरा मटर, २५ बोरा मरीच र ट्याक्टर सहित कार्की र अली पक्राउ परेका हुन्।
मोरङका इन्चार्ज सन्तोष खड्कालाई गोप्य सूचना पुगेपछि १२ जना प्रहरीलाई कारबाही गरिएको थियो । त्यसपछि अनिश अली र कार्की निलम्बन समेत भएका व्यक्ति हुन्। निलम्बन गर्दे फेरी फुकुवा भए पछि पुनः घुमुवा प्रहरीहरुले व्यापारीहरुलाई धम्क्याउने पनि गरेको गुनासो व्यापारीले गर्दे आएका छन्। कार्कीले सामान पनि खोस्नुका साथै पैसा पनि लिने र व्यापारीलाई हैरानी पारेको स्रोतको भनाई छ । फरार हवलदार कार्कीले समयमा नै जिल्ला प्रहरी कार्यालय मोरङ उपस्थीत नभए सधाका लागि जागिरबाट हाथ धुनुपर्ने डिआइजी बिसीले चेतावनी समेत दिएका छन्।
पूर्वेली न्युज बाट साभार



