धरान / नेपाल प्रहरीका घुमुवा हवलदार केशव कार्कीले व्यापारी सँग घुस लिएका छन् । नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते विराटनगर महानगरपालिका १६ को दर्हेया बस्ती ठुला कपडा व्यापारी (तस्करी) जनार्दन यादव र भारतको जोगबनी पन्चायत इन्दिरा नगर वडा नं १० टिकुलिया बस्ने जनार्दनका पार्टनर गणेश यादवसँग इलाका प्रहरी कार्यालय पथरी दरबन्दी भई हाल विराटनगर इलाका प्रहरी कार्यालय रानीमा खट्दै आएका घुमुवा प्रहरी कार्कीले १० हजार नगद खुस लिएका हुन्। घुस बापत लिएको पैसा उनले लुकेको र निहुरिएको जस्तो गरी तत्काल गोजीमा हालेकाे भिडियाेमा देखिएकाे छ ।
सीमावर्ती क्षेत्रमा उनले उनी एक होटल बाहिर राखिएका कुर्सीमा बसिरहेका उनी कपडा तस्करी गर्ने जर्नादन यादवले घुस दिएका हुन् । उनीहरुले अर्को भाषामा कुरा गरिरहेको भिडियोमा देख्नु सकिन्छ । सिमावर्ती क्षेत्रमा प्रहरीले घुस लिने कार्य पछिल्लो समय सामान्य जस्तै बन्दै गइरहेकाे छ । घुस लिएकाे उजुरी पग्याे भने आन्तरिक रुपमा निलम्बन गरी पुनः निलम्बन फुकुवा गरिन्छ ।
यस विषयमा कुरा गर्दा प्रदेश १ प्रहरी कार्यालय विराटनगरका डिआइजी अरुण बिसीले पूर्वेली न्यूज सँग भने ‘ कुनै पनि बहानामा घुस लिएको प्रमाणित भएमा तत्तकाल कानुनी दायरामा ल्याएर कारबाही गर्छु । यो विषयमा म गम्भीर छु म थप अनुसन्धान गर्छु । ’
गत २०७७ असार महिनामा घुमुवा प्रहरी जवान अनीश अली र हवल्दार कार्कीले मिलेमत्तोमा जगदीश शाह व्यापारीको सामान विराटनगर १६ को दर्हैया हुँदै भारत तिर कटाइरहेको समयमा ५० बोरा मटर, २५ बोरा मरीच र ट्याक्टर सहित कार्की र अली पक्राउ परेका हुन्।
मोरङका इन्चार्ज सन्तोष खड्कालाई गोप्य सूचना पुगेपछि १२ जना प्रहरीलाई कारबाही गरिएको थियो । त्यसपछि अनिश अली र कार्की निलम्बन समेत भएका व्यक्ति हुन्। निलम्बन गर्दे फेरी फुकुवा भए पछि पुनः घुमुवा प्रहरीहरुले व्यापारीहरुलाई धम्क्याउने पनि गरेको गुनासो व्यापारीले गर्दे आएका छन्। कार्कीले सामान पनि खोस्नुका साथै पैसा पनि लिने र व्यापारीलाई हैरानी पारेकाे स्रोतको भनाई छ ।
पूर्वेली न्युज बाट साभार



