सर्लाही,बैशाख ६ – सर्लाहीमा निर्वाचन आचार संहिता सम्बन्धि सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सर्लाहीको आयोजनामा मंगलबार सदरमुकाम मलंगवामा बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरि सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
नेपाल सरकारले निर्वाचनको मिति घोषणा गरिसकेका सन्दर्भमा निर्वाचन आउन मात्र २३ दिन बाँकी रहेका बेला उक्त विषयमा छलफल गरिएको हो । धाँदलीरहित र स्वच्छ ढंगले निर्वाचन सम्पन्न गराउने उद्देश्यले निर्वाचन कार्यान्वयन तथा निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख दिवाकर भुजेलले बताउनु भयो । कार्यक्रममा उहाँले निर्वाचन सम्बन्धि आचार संहिता प्रस्तुत गर्नुभएको थियो ।



