गठबन्धनको निर्णय नमान्नेलाई कारबाही गर्ने गृहको चेतावनी

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले पाँच दलीय गठबन्धनको निर्णय नमान्नेहरुमाथि निगरानी भइरहेको बताउँदै कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

गृहजिल्ला रुपन्देहीको मणीग्रामस्थित आफ्नै निवासमा बुधबार आयोजित पत्रकार भेटघाटमा बोल्दै गृहमन्त्री खाणले यस्तो चेतावनी दिएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीलगायतका अन्य केही दलले निर्वाचनमा पहिलो पटक भग लिने बताउँदै उनले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउनेतर्फ सरकारले विशेष ध्यान दिएको बताए।

‘आसन्न निर्वाचनमा गठबन्धन दलको निर्णय नमान्नेहरुलाई कारबाही गरिने छु, उनले भने, ुनिर्वाचनमा गठबन्धनबीच सहमति र सहकार्य हुने भएकाले सहमति उल्लङ्घन गर्ने छुट कसैलाई छैन।’ राजनीतिक दलहरुको गठबन्धनबाटै यो सरकार बनेको उनले बताए।

‘त्यसकारण कांग्रेस यो गठबन्धनप्रति प्रतिबद्ध छ’, उनले भने, ‘पार्टीको निर्णयविपरीत जाने नेता कार्यकर्ताहरुलाई कारवाही गरिने छ। प्रदेश र प्रतिनिधि सभाको चुनावमा टिकट दिने बेला उनीहरुको रेकर्ड हेरिन्छ।’

नेपाल पाना बाट

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय