सर्लाहीमा नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको सुनामी आयो

मनोज यादव । बैशाख ,६ सर्लाही । नेपाली काँग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्र सिंह निर्वाचित भएर आए देखि विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गर्ने मानिसहरुको सुनामी आएको छ।दैनिक जसो सयौंको संख्यामा मानिसहरु काँग्रेसमा प्रवेश गरिरहेका छन् ।

यसै क्रममा आज सर्लाहीको चन्द्रनगर गाउँपालिका बबरगंजका पुर्व गाविस अध्यक्ष एवं लोसपा का केन्द्रीय सदस्य चेतनारायण महतोको अगुवाइमा एक हजार भन्दा बढी मानिसहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुलाई सभापति सिंहले अंकमाल गर्दै पार्टीमा स्वागत गरेका छन्। उनले एक चोटी फेरी सर्लाही जिल्ला काँग्रेसमय हुने विश्वास व्यक्त गरेका छन् ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय