सप्तरीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

सप्तरी : सप्तरीको अग्निसाईर कृष्ण सवरण गाउँपालिका–४ बनौलिमा आइतबार मोटरसाईकलको ठक्करबाट गोरुगाडामा सवार एक जनाको मृत्यु भएको छ ।

आइतबार बेलुकी पौने ८ बजे स ११ प २८९७ नम्बरको मोटरसाईकलले गोरुगाडालाई पछाडी ठक्कर दिदा स्थानिय ५० वर्षिय अर्जुन शर्मा गम्भिर घाईते भएका थिए ।

उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकल नियन्त्रणमा रहेको र चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय महुलिले जानकारी दिएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय