किसानहरुले लगाए महालक्ष्मी उधोगको चिनी निकासीमा रोक

राधेश्याम कुशवाहा | ५, बैशाख , सर्लाही |  भुक्तानी नदिएको भन्दै आन्दोलित किसानहरुले सर्लाहीको महालक्ष्मी चिनी उधोगको चिनी निकासीमा रोक लगाएको छ ।

उधोगले किसानको भुक्तानी नै नदिई गोप्य रुपमा गोदामबाट सबै चिनिको बोरा बिक्रीको लागि निकासी गर्न भन्दै किसानहरुले चिनी लोड गरेको ३ वटा ट्रक नियन्त्रणमा लिएको हो ।

आन्दोलित किसानहरूले न्यु विश्व ढुवानी सेवाको ना.६ ख २१७३, ना.५ ख ७३८७ र प्रदेश २ –००३००१ ख ३०५७ नम्बर प्लेट भएको ट्रक विगत ४ दिनदेखी नियन्त्रणमा लिएको थियो।

एक ट्रकमा ४२० चिनिको बोरा गरि तिनै ट्रकमा जम्मा ६३ टन चिनी लोड गरिएको थियो । उद्योगको गोदाममा अहिले २० देखि २५ ट्रक चिनि मात्र बाँकी रहेपनि सैकडौ किसानहरुले अहिलेसम्म पनि भुक्तानी न पाएको आन्दोलित किसानहरुले गुनासो गरे ।

उखु बुझाएको १० दिनमै भुक्तानी दिने भनिएपनी उधोग बन्द भएको महिनो बित्न लाग्दा पनि एक सुकी भुक्तानी न पाएको उखु किसान सुनिल कुमार सिंहले बताए ।

भुक्तानीका लागि उधोग प्रशासनले पटकपटक आहारगुहार गरेपनी किसानलाई कुनै वास्ता नगरेपछि बाध्य भएर चिनी लोड गरिएको ट्रक नियन्त्रणमा लिएको बताए ।

उधोग सन्चालन अघि जेनरल मैनेजर उखुका लागि ४ घण्टा घरमा आएर बसिदिए । मैले उहाँलाई चिया नास्ता समेत गराए । तपाईहरु महालक्ष्मी उधोगलाई उखु दिनुस, हामी १० दिनमै भुक्तानी दिन्छौ, उहाँले भन्नुभएको थियो । तर मैले अहिलेसम्म भुक्तानी पाएका छैनौ । मेरो ६–७ लाख भुक्तानी लिन बाँकी रहेको गुनासो गरे ।

अर्का उखु किसानको पीडा पनि उस्तै छ । मैले उधोगलाई ८ हजार क्विन्टल उखु उधोगलाई बेचेको बापत ११ लाख भुक्तानी लिन बाँकी रहेको अर्का उखु किसान राजकिशोर महतोले बताए ।

पैसाका लागि ताकेता गर्दा आज भोलि भन्दै आलटाल गर्दै आएको थियो तर यता आएर उधोग प्रशासनको सम्बन्धित व्यक्ति समेत सम्पर्क हुन र कार्यालयमा भेटन छाडेका छन, भने साहुले हामीसंग कुनै किसिमको कुरा समेत गर्न नचाहेको गुनासो गरे ।

हामी पहिला उखु हरिवन स्थित ईन्दुशंकर उधोगलाई बेच्थे। महालक्ष्मी प्रतिनिधि दुई दिन घरमै आएर उखु न दिए उधोग नै बन्द हुने भन्दै नियमित भुक्तानी दिन्छौ भनी अनुरोध गरेपछी उखु दिन तयार भएको थिए । ट्रक नियन्त्रणमा लिईएको ४ दिन बित्न लाग्दा पनि उधोग प्रशासनले भुक्तानीको लागि कुनै सहमति नगरेको गुनासो गरे ।

किसानले चिनि लोड गरेको ट्रक जान नदिएपछि फेरी गोदामै चिनी सुरक्षित अनलोड गरिदिएको ट्रक ड्राईभर सुबोध कुमार यादवले बताए ।

चिनिको बोरा ट्रकमा लोड भई भ्याट बिल र चलानी समेत बनि सकेको अवस्थामा किसानले ट्रक जान नदिएपछि सहमतिका लागि हामी ४ दिन कुरेपनि दुवै पक्ष कुनै निचोडमा पुग्न नसक्दा ट्रक खाली गरेको बताए । २० वटा बोरा ट्रकको भाडा वापत उद्योग प्रशासनसंग नगद अथवा लिखित लिनका लागि आफनो नियन्त्रणमा राखेको बताए ।

किसानहरुले ट्रक नियन्त्रणमा लिई पछि ३ वटा गाडीमा कार्यरत ड्राईभर र खल्लासी गरी ६ व्यक्ति अलपत्र परेको न्यू विश्व ढुवानी सेवा का संचालक रामनाथ यादवले बताए । आम्दनी मरेपनि रोड पैमेन्ट, जाँच पास, विमा, बैंकको किस्ता, गाडीको मर्मत सम्भार, ड्राईभर र खल्लासीको तलब तिर्नुपरेको गुनासो गरे ।

४ दिनदेखि उद्योगमा अलपत्र परेपनि उद्योग प्रशासनले खानाको समेत व्यवस्था नगरेको अर्का ड्राइभर अनिल कुमार यादवले बताए । विगत ४ दिनदेखि चाउचाउ र दालबुटको भरमा गुजारा गर्दै आएको बताउदै गोजिमा भएको पैसा समेत सकिएको गुनासो गरे ।

उधोगले फरवरी ५ तारिख सम्मको भुक्तानी गरिसकेको र ६ देखि १४ सम्मका भुक्तानीका लागि सुचना समेत जारी गरेको महालक्ष्मी सुगर्स प्राली का कैन मैनेजर सियाराम साहले बताए ।

किसानहरुको बाँकी रहेको १५ दिनको भुक्तानी छिटै गरिने भनी साहुबाट निर्देशन आईसकेको बताए । उधोगले किसानहरुको १२ करोड मात्र भुक्तानी गर्न बाँकी रहेको साहको भनाई रहेको छ ।

फाल्गुन २२ गते बन्द भएको उधोग यो पाली ८ लाख ३८ हजार क्विन्टल उखु मात्र क्रसिङ गरेको छ । २२–२५ हजार क्विन्टल प्रतिदिन क्रसिङ गरेको उधोगको एक सिजनमा २० देखि २२ लाख क्विन्टल क्रसिङ गर्ने क्षमता रहेपनी उखुको अभावका कारण क्षमता अनुसार क्रसिङ गर्न नसकेको उधोग प्रशासनले जनाएको छ ।

सर्लाहीमा मात्र अहिले ईन्दुशंकर, अन्नपुर्णा र महालक्ष्मी गरी ३ वटा उद्योग संचालनमा रहेका छन । छिमेकी जिल्ला रौतहटको डुमरियामा बैजुबाबा र महोत्तरीमा एभेरेस्ट उद्योग समेत संचालनमा रहेको हो ।

देशमा डिजेल, पेट्रोल, मलखाद बिउविजन र कृषि क्षेत्रमा कार्य गर्ने मजुदरको लागत बढेको छ । कृषि क्षेत्रमा सिँचाई मलखाद, बिउविजन र कृषि औजारको चरम अभाव, परम्परागत तरिकाले गरिने उखु खेति र उन्नतको जातको बिउको प्रयोग गरि नयाँ विधिमा उखु खेति गर्ने बारे किसानको सिप र तालिमको अभाव, स्थानिय कृषि क्षेत्रमा प्रविधिको प्रयोग गरी उत्पादनमा बढाउनमा ३ तहका सकारले देखाएको उदासिनता र भुक्तानीका समस्याका कारण किसानहरुले राम्रोे उत्पादन गर्न सकेका छैन, भने सरकारले नयाँ प्याकेज ल्याएर उखु खेति प्रति नयाँ किसानलाई आकर्षित समेत गर्न सकेको अवस्था छैन । जिल्लामा उद्योगको संख्या बढेपनि माग अनुसारको उत्पादन बढन नसक्दा उद्योग क्षमता भन्दा कम क्रसिंग गर्न बाध्य हुदै आएको छ ।

उद्योगको संख्या बढे अनुसार स्थानिय स्तरमा उखु उत्पादन बढाउन कृषि क्षेत्रमा अनुदान र सिंचाईको समुचित व्यवस्था, समयमै मलखाद, तथा उन्नत जातको बिउविजनको उलब्धता गरी नयाँ विधिबाट खेति गर्न प्रोत्साहन गर्न सकेका मात्र उत्पादन बढी किसानहरुको आम्दनी समेत बढने र उद्योगलाई समेत माग अनुसारको उखु प्राप्त हुने जानकारहरु बताउँछन । मागअनुसार उत्पादन समयमै बढाउन नसके भुक्तानीको समस्या समाधान नहुने तर्क उनिहरुको रहेको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय