पुर्व प्रधानमन्त्री केपी शर्मा ओली सर्लाही आउदै

सर्लाही – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन् सर्लाही सदरमुकाम मलंगवा आउने भएका छन् ।

एमाले सर्लाहीले विभिन्न उपसमितिहरु गठन गरेर कार्यक्रमको तयारी अघि बढाएको छ । केपी ओली मेयर र अन्य नेताहरूलाई पार्टी प्रवेश गराउन वैशाख ३ गते मलंगवा आउने भएका हुन् ।

मलंगवा स्थित कबड हलमा वृहत आम सभाको तयारी भइरहेको र एक लाख मान्छे मलंगवामा एमालेले उतार्ने नेकपा एमाले सर्लाही जिल्ला अध्यक्ष राज नारायण साह ले बताए । सोही कार्यक्रममा सर्लाहीको कविलासी नगरपालिकाका मेयर कौशल किशाेर यादव र अन्य नगर तथा गाउँपालिकाका जनप्रतिनिधिहरू एमाले प्रवेश गर्ने भएका छन् ।

यादव २०७४ सालको निर्वाचनमा राजपाबाट मेयर निर्वाचित भएका थिए भने एमाले तेस्रो स्थानमा थियो । हाल जसपामा रहेका यादव तत्कालीन मधेसी जनअधिकार फोरमको जिल्ला अध्यक्ष पनि थिए ।

एमाले राजमार्ग क्षेत्रबाट भित्र आफ्नो प्रभाव बनाउने क्रममा मेयर यादवसहित विभिन्न नगरपालिका र गाउँपालिकाका निर्वाचित तथा दोस्रो स्थानमा रहेकाहरुलाई वैशाख ३ गते पार्टी प्रवेश गराउने तयारीमा छ,मञ्च व्यवस्थापन उप समिति सदस्य तथा युवा नेता शमीम बाबु खान ले जानकारी गराउनु भएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय