नेकपा एमाले परित्याग गरी सयौँ कार्यकर्ता माओवादीमा प्रवेश

सरोज यादव | चैत्र २५ , सर्लाही | सर्लाहीको  हरिवन नगरपालिका वडा नम्बर ४ को १ गाउँ पुरै माओवादीमा प्रबेश गरेको छ । स्थानीय रामप्रित महतोको घरमा आयोजित नेकपा माओवादी केन्द्रको वडा भेला कार्यक्रममा पुरै गाउँ माओवादीमा प्रबेश गरेको हो ।

कार्यक्रममा वडा भर रहेको माओवादी केन्द्रको समर्थकहरुको ठूलो जमात रहेको थियो भने नेकपा एमाले छोडेर सयौं मानिसहरू माओवादीमा प्रवेश गरेका थिए ।

कार्यक्रम तथा नव प्रवेशीलाई पार्टीमा स्वागत गर्नको लागि मोतिलाल बिसुंखे, जिल्ला समन्वय समितिको संयोजक कमल बुढाथोकीको प्रमुख आतिथ्यता र नगर कमिटी अध्यक्ष अर्जुन पन्त साथै विवेक मैनाली लगायतका नेताहरुको उपस्थिती रहेको थियो।

कार्यक्रममा समग्र विकास र समृद्धिको विषयमा बहस हुनुको साथै आगामी दिनमा पार्टीलाई कसरी मजबुत बनाउने भन्ने विषयमा पनि छलफल भएको छ ।

कार्यक्रममा नेकपा एमालेका झुजारु युवा नेता विवेक मैनालीले प्रतिगमनकारीलाई परास्त गर्दै अग्रगमन शक्ति माओवादी केन्द्रलाई जिताउन अपिल गरेका छन् ।

हरिवन नगरपालिकामा अब आउँदा दिनहरुमा विकासको नारालाई अगाडि बढाउने हो भने नेकपा माओवादी बाहेक अरु विकल्प नरहेको साथै देशमा जती पनि परिवर्तन भएको छ यसको सबै कारण माओवादी रहेको स्पष्ट रुपमा बुझेको हुँदा आफू लगायत आफ्नो समूह अरु पार्टी त्याग गरी माओवादीमा प्रवेश गरेको नव प्रवेशीहरुले बताए ।

सासापुर कोईरी टोलको प्रत्येक मानिसहरुले माओवादी केन्द्रमा प्रवेश गरेका छन् , साथै अन्य भेगबाट पनि नेकपा एमाले परित्याग गरी नेकपा माओवादीमा आउनेको जमात ठूलो रहेको थियो ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय