सर्लाहीको गोडैता नगरपालिका -२ मा लोसपाको वृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न

राम नारायण साह
सर्लाही , चैत १५ गते ।

सर्लाहीको गोडैता नगरपालिका -२ मा लोसपाको वृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। गोडैता नगरपालिका वार्ड न.२ मा पर्ने जयपुर निवासी श्याम सुन्दर महतोको घरको प्राङ्गणमा भएको बृहत पार्टी प्रवेश कार्यक्रममा करिब २०० जना विभिन्न पार्टी परित्याग गरि लोसपा नेपालमा प्रवेश गरेको छ ।

गोडैता नगरपालिकाको प्रमुख देवेन्द्र कुमार यादवको प्रमुख अतिथी र लोसपाको नगरअध्यक्ष मुकेश ठाकुरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा करिब २०० जना विभिन्न पार्टी परित्याग गरि लोसपा नेपालमा प्रवेश गरेको छ। पार्टीमा प्रवेश गरेका सबै जनालाई गोडैता नगरपालिकाको प्रमुख देवेन्द्र कुमार यादवको फुलको माला, अबिर र दोसल्ला ओढाई स्वागत गरेका थिए।

पार्टी प्रवेश कार्यक्रममा पूर्व संविधान सभा सदस्य केदारनन्दन चौधरी, मधेस प्रदेशको दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठा, गोडैता नगरपालिका मेयर देवेन्द्र कुमार यादव, उपमेयर अन्जना कुशवाहा, वार्ड न.२ का वडाअध्यक्ष भोला महतो,वार्ड ३ का विजय प्रसाद यादव, ७ का दिनेश दास, नवलकिशोर सहनी, सतेन्द्र कुमार ठाकुर, वडासदस्य सितल मुखिया, रामछविला महतो लगायत स्थानीयवासीहरुको उल्लेखनीय सहभागिता रहेको लोसपाका युवा नेता भाग्य नारायण साह ले जानकारी दिए।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय