सर्लाहीको हरिवनमा एन एम बि बैंकको वितिय साक्षरता अभियान कार्यक्रम सम्पन्न

सर्लाही,चैत १० गते

एन एम बि बैंकको हरिवन शाखाले वितिय साक्षरता अभियान कार्यक्रम सम्पन्न गरेको छ। सर्लाहीको हरिवन नगरपालिका स्थित रहेको यस बैंकको शाखाले बिहिवार चतुर्भुजेश्वर मावि सुखेपोखरीमा कार्यक्रम सम्पन्न गरेको हो। बैक तथा वितिय संस्थाकाे सेवा

सुविधाबाट बन्चित रहेका गरिब ,असहाय ,अशिक्षित ,बिपन्न वर्ग,दलित समुदायहरुलाइ लक्षित गरि वितिय साक्षरता तथा डिजिटल सेवा सम्बन्धि जानकारी प्रदान गर्न उक्त कार्यक्रमको आयोजना गरिएकाे हरिवन शाखा प्रबन्धक सुमन कुमार सिंहले जनाएको छ।

यस कार्यक्रम मार्फत चतुर्भुजेश्वर क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई बैंक सम्बन्धि,बचत सम्बन्धि ,आइपिओ र डिमेट एकाउन्ट सम्बन्धि जानकारी गराएको शाखा प्रबन्धक सिंहले बताए । कार्यक्रममा अपरेसन इन्चार्ज बिरेन्द्र कुमार साह,डाइरेक्ट सेल्स एसोसिएट अरबिन्द कुमार चौधरी,चतुर्भुजेश्वर क्याम्पस उपप्रमुख मुकेश कुमार यादव लगायत क्याम्पसका शिक्षक तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय