एसपी यादव/सर्लाही, चैत ३ गते । बुधबार राती करिब साढे ९ बजेको समयमा प्रहरी चौकी ब्रह्मपुरिका इन्चार्ज प्रहरी सहायक निरीक्षक रविन्द्र पाण्डेको कमाण्डमा रहेको प्रहरी टोलिले दलित समुदाय माथी २ राउण्ड हवाइ फायर गरेको छ ।
स्थानीयका अनुसार, ब्रह्मपुरी गाउँपालिका वडा नं. १ मा रहेको दलित बस्ती (पाश्वान) टोलमा सामान्य झैझगडा हुदा सुरुमा प्रहरीले अमानवीय तवरले अन्धाधुन्ध लाठीचार्ज गरेको उनले बताए । लाठीचार्ज लगत्तै प्रहरीले २ राउण्ड हवाइ फायर समेत गरेको उनले जनाएका छन् ।
दलित बस्ती र प्रहरी चौकी संगसंगै रहेको छ ।
घट्ना पछि आक्रोशित स्थानीयहरुले प्रहरी चौकी ब्रह्मपुरिका इन्चार्ज प्रहरी सहायक निरीक्षक रविन्द्र पाण्डेको तत्काल सरुवाको माग गरेका छन् ।



