राम नारायण साह
मलंगवा ,फागुन ३०,
नेपाली कांग्रेस सर्लाही जिल्ला सभापतिमा संस्थापन पक्षका उम्मेद्वार सुरेन्द्र प्रसाद सिंह विजयी भएका छन् । राती पाैने १२ बजे सम्पन्न मतगणना अनुसार संस्थापन पक्षका सभापति उम्मेद्वार सुरेन्द्र प्रसाद सिंह सहित एकजना बाहेक उक्त प्यानलका संपूर्ण उम्मेद्वार विजयी भएका छन् । संस्थापन ईतरबाट उपसभापतिमा नवीन अधिकारी एकमात्र उम्मेद्वार विजयी भए ।
सभापतिमा विजयी सिंहले संस्थापन ईतरका प्रत्यासी लक्ष्मण रायभन्दा ३८० बढी मत ल्याए । ३ हजार २७५ मत मध्ये ३ हजार १७४ मत खसेकामा बदर बाहेक सिंहले १ हजार ७५८ मत ल्याउँदा रायले १ हजार ३७८ मत मात्र पाए ।
त्यस्तै उप-सभापतिमा संस्थापनकै डा. सरोज कुमार (राजु) १ हजार ७६४ र संस्थापन ईतरका नविन अधिकारी १ हजार ४९३ मतका साथ विजयी भए भने उपसभापतिमा पराजित संस्थापनका शेख सदुल्लाहले १ हजार ४७४ र ईतरका रविनन्दन चौधरीले १ हजार ३१४ मत मात्र प्राप्त गरे । उपसभापति विजयी र पदाधिकारीमा सबैभन्दा बढी लाेकप्रिय मत ल्याउने डा. सराेज निवर्तमान जिल्ला सभापति नागेन्द्र कुमार रायका छाेरा हुन् ।
त्यस्तै सचिबमा संस्थापनका निरज कार्की १ हजार ७२६ र मनाेज यादव १ हजार ४२६ मतका साथ विजयी भए । ईतरबाट सचिबका प्रत्यासी कृष्णराज रायमाझीले १ हजार ४१२ र नरेन्द्र भट्टराईले १ हजार ३९९ मत मात्र पाए ।
त्सैगरी सह-सचिवमा संस्थापनकै ईन्द्र बहादुर याेञ्जन १ हजार ७११ र सुनिल कुमार कुशवाहा १ हजार ५७९ मत सहित विजयी भएका छन् । ईतरका सुर्य बहादुर खड्का १ हजार ३६५ र दिनेश मिश्र १ हजार २३७ मत मात्र पाउँदा पराजित भए ।
आईतबार राती नै जिल्ला निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले विजयी सभापति सिंह सहित पदाधिकारीलाई बधाई दिए । नवनिर्वाचित सभापति सिंहले अब पार्टीलाई गुटउपगुट तथा कसैलाई काख र कसैलाई पाखा नगरी एकढिक्का बनाउने प्रतिबद्दता जनाए । अन्तिम मतपरिणाम आएसँगै पूर्व केन्द्रीय सदस्य जंगिलाल राय, प्रदेश उपसभापति एवं मधेश प्रदेश सरकारका मन्त्री वीरेन्द्र प्रसाद सिंह निवर्तमान जिल्ला सभापति नागेन्द्र कुमार राय लगायत नेताहरु मतगणनास्थल पुगेका थिए ।
नव निर्वाचित सभापति सिंह आफ्नो जित समग्र नेपाली कांग्रेसको जित भएको भन्दै चुनावी प्रतिष्पर्धालाई बिर्सिएर सबैलाई एकढिक्का बनाएर सर्लाहिलाई नेपाली कांग्रेसको किल्ला बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले आफुलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिदैं आउँदो स्थानिय तहको निर्वाचनमा जिल्लाको २० वटै पालिकामा नेपाली कांग्रेसलाई विजयी गराउने अभियानमा दिलो ज्यान दिएर लाग्न आग्रह गरे ।



