सर्लाही – महिन्द्रा प्यासेन्जर कार तथा इलेक्ट्रिक भेहिकलको आधिकारिक बितरक अग्नी ग्रुपले इलेक्ट्रिक थ्रि ह्विलर ट्रियोलाई मलंगवामा बिक्री शुरु गरेको छ । आधिकारिक बिक्रेता बैष्णदेखी ट्रेडर्समा हिजो एक कार्यक्रमको आयोजना गरी यो इलेक्ट्रिक रिक्साको बिक्री शुरु गरिएको हो ।
महिन्द्राले उत्पादन गरेको ट्रियोमा ७.६ किलोवाट आवरको लिथियम आयोन व्याट्री दिइएको छ । उक्त व्याट्रीलाई ३ घन्टा ३० मिनेटमा सामान्य प्लगको साहयतामा फुल चार्ज गर्न सकिन्छ ।
४४ एनएम टर्क र १३.६ पीएस पावर प्रदान गर्ने यो रिक्सा हाल बजारमा उपलब्ध प्रतिस्पर्धीको तुलनामा निकै शक्तिशाली रहेको छ । यो रिक्सालाई प्रयोग गर्दा चालकले वार्षिक २ लाख रुपैयाँ इन्धन खर्च बचाउन सक्ने कम्पनीले बताएको छ । चालक सहित ३ जनाले आरमदायी यात्रा गर्न सक्ने ट्रियोको मूल्य ८ लाख ४० हजार रुपैयाँ निर्धारण गरिएको छ ।



