प्रमोद यादव | माघ १९,सर्लाही | जीवन विकास लघुवित वितिय संस्थाले अति विपन्न सेयर सदस्यलाई न्यानो कपडा वितरण गरेको छ |
जिल्लाको हरिवन नगरपालिका – १ भोक्टेनी स्थिति सदस्य पवन कुमारी महतोलाई न्यानो कपडा वितरण गरेको हो |
उक्त संस्थाका हरिवन शाखा प्रमुख धिरज कुमार राजवंशीले सेयर सदस्य महतोलाई सिरक, डसना, सिरानी,सिरकको खोल भुजा , तन्ना वितरण गरेको वडा न – १ का वडा सदस्य बाबुलाल महतोले बताए |
चिसो बढेसँगै हरिवन शाखाका विभिन्न क्षेत्रमा ज्येष्ठ नागरिक तथा अति विपन्न भएका व्यक्तिहरूको पहिचान गरि सो सामग्री वितरण गरेको शाखा प्रमुख राजवंशीले वताउनु भयो |
सेयर सदस्यलाई चिसोबाट जोगिन सावधानी अपनाउनु पर्दछ भन्ने सन्देश दिने उद्देश्यले न्यानो कपडा सामग्री प्रदान गरिएको वताउनु भयो |



