सर्लाहीको हरिवन नगरपालिकामा रात्री बस दुर्घटना २४ जना घाइते

राम नारायण साह
सर्लाही , माघ १४ गते ।

सर्लाहीको हरिवन नगरपालिकामा रात्री बस दुर्घटना हुदा २४ जना घाइती भएका छन्। गएराति भैरहवाबाट विराटनगर जाँदै गरेको लु २ ख ४७५७ नम्बरको बस हरिवन ९ सुखेपोखरीमा बिग्रिएर रोकी राखेको उखु लोड गरेको ज २ त ७८१ नम्बरको ट्रयाक्टरमा ठोक्किँदा दुर्घटना भएको सर्लाहीका डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

गएराति भैरहवाबाट विराटनगर जाँदै गरेको लु २ ख ४७५७ नम्बरको बस हरिवन ९ सुखेपोखरीमा बिग्रिएर रोकी राखेको उखु लोड गरेको ज २ त ७८१ नम्बरको ट्रयाक्टरमा ठोक्किँदा दुर्घटना भएको सर्लाहीका डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

घाइतेमध्ये एक पुरुष र एक महिलाको अवस्था गम्भीर छ र उनीहरूलाई थप उपचारको लागि वीरगन्ज रिफर गरिएको छ।

अन्य घाइतेको हरिवनमा रहेको नमूना, स्वाभिमान लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

बस चालक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रयाक्टर चालक भने फरार छन्। घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय