बंगलादेशले टेस्ट क्रिकेटमा पहिलोपटक न्युजिल्याण्डलाई हरायो

एजेन्सी
सर्लाही  पुस २२ गते ।

टेस्ट क्रिकेटमा बंगलादेशले पहिलोपटक न्युजिल्याण्डलाई हराएको छ। न्युजिल्याण्डविरूद्धको पहिलो टेस्टमा बंगलादेशले ८ विकेटको शानदार जित हात पारेको हो।

घरेलु टोली न्युजिल्याण्डले दिएको ४० रनको लक्ष्य बंगलादेशले २ विकेट गुमाउँदै पूरा गरेको हो।

यसअघि पहिलो इनिङमा न्युजिल्याण्डले ३२८ रन बनाएको थियो। उसका लागि डेभन कन्वेले सतकीय पारी खेलेका थिए। २२७ बल खेलेका उनले १६ चौका र १ छक्कासहित १२२ रन बनाएका थिए।

यस्तै हेनरी निकोलसले ७५ रन बनाउँदा विल योङले ५२ रन जोडेका थिए। बंगलादेशका लागि शोरिफुल स्लाम र मेहदी हसन मिराजले ३-३ विकेट लिएका थिए।

जवाफमा बंगलादेशले ४५८ रन बनाएर अग्रता लिएको थियो। उसका लागि मोमिनुल हकले ८८, लिथोन दासले ८६, महमुदुल हसन जोयले ७८, नजमुल हुसेन शान्तोले ६४, तथा मेहदी हसन मिराजले ४७ रन बनाएका थिए।

बलिङमा न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले ४ तथा नेइल वाग्नरले ३ विकेट लिएका थिए।

दोस्रो इनिङमा न्युजिल्याण्ड १६९ रनमा समेटियो। उसका लागि विल योङले सर्वाधिक ६९ रन बनाउँदा रोस टेलरले ४० रन जोडे। बाँकी खेलाडीले उत्कृष्ट रन बनाउन सकेनन्।

घरेलु टोलीलाई सस्तैमा रोक्न बंगलादेशका इबादोत हुसेनले सर्वाधिक ६ विकेट लिए। तस्किन अहमदले ३ विकेट हात पारेका थिए।

जितको लागि ४० रनको लक्ष्य पाएको बंगलादेशले १६.५ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो। उसका लागि नजमुल हुसेन शान्तोले १७ रन बनाउँदा कप्तान मोमिनुल हकले १३ रन जोडेर नटआउट रहे। टिम साथी र काइल जामिसनले १-१ विकेट हात पारे।

खेलको प्लेयर अफ द म्याच बंगलादेशका एबाडोट हुसेन बने। उनले समग्रमा ७ विकेट लिएका थिए।

न्युजिल्याण्ड र बंगलादेशबीचको दोस्रो टेस्ट आइतबार सुरू हुनेछ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय