सप्तरीबाट पक्राउ परेका सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तालाई प्रहरीले थप ७ दिन हिरासतमा राख्ने भएको छ । पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्ने क्रममा शुक्रबार पक्राउ परेका १४ जनामध्ये ६ जनालाई सार्वजनिक शान्तिविरूद्धको कसुरमा अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालत सप्तरीले अनुमति दिएको हो ।
जनमत पार्टी सप्तरीका अध्यक्ष चन्देश्वर मण्डल, जिल्ला सचिव थानेश्वर साह, कञ्चनरुप नगरपालिका समिति अध्यक्ष अनिल पञ्जियार, हनुमाननगर कंकालिनी वडा नम्बर १ समितिका अध्यक्ष सुरेन्द्र मण्डल तथा नेताहरु योगानन्द साह, महीनारायण साहलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जनाए ।
किसानलाई मलखाद माग गर्दै गत शुक्रबार पूर्वपश्चिम राजमार्गस्थित भारदहमा सडक अवरुद्ध गर्ने क्रममा उनीहरुलाई सप्तरी प्रहरीले पक्राउ गरेको थियो ।



