माओवादीमा निर्वाचन कार्यक्रम फेरि संशोधन, सहमति नजुटे भोलि मतदान

१८ पुस, काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि सहमति जुट्न नसकेपछि निर्वाचन कार्यक्रम पुन संशोधन गरिएको छ ।

यसअघि दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता र साँझ साढे ६ बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको थियो ।

तर माओवादीको केन्द्रीय निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले संशोधित कार्यतालिका सार्वजनिक गर्दै आइतबार अपरान्ह ४ देखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेका छन् ।

त्यस्तै, मतदानको समय भने सोमबार विहान ८ देखि १ : २५ सम्मको समय तोकिएको छ ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय