प्रहरीको गोलीले सिके राउतको पाँच कार्यकर्ता घाईते, अवस्था गम्भीर

जनकपुरधाम : पूर्व-पश्चिम राजमार्ग बन्द गराउने क्रममा धनुषाको गणेशमान चारनाथ नगरपालिकामा पर्ने पोर्ताहामा प्रहरीले जनमत पार्टीका कार्यकर्तामाथि गोली चलाएको छ ।

गो’ली लागेर पाँच जना घाईते भएका हुन् । घाईते हुनेहरुमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साह रहेका छन् । वैजनाथ र नथुनीको टाउकोमा लागेकाले दुबै जनाको अवस्था चिन्ताजनक रहको बुझिएको छ ।

घाईते उनीहरुलाई वीरेन्द्रबजार लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि जनकपुर लगिदैछ । सबै जनालाई एम्बुलेन्समा प्रादेशिक अस्पताल लगिरहेको जनमत पार्टीले जनाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय