देश र जनस्तरबाट पनि हामि बीच असल मित्रता र एक आपसमा गहिरो सद्भाव रहेको- कृषि मन्त्री यादव

एसपी यादव/काठमाडौ, पुष १४ गते । भारतको ७५ औं स्वतन्त्रता वार्षिक उत्सव तथा नेपाल भारत सहयोग मन्चको स्थापना रजत जयन्तीको शुभ अवसरमा बिरगंजमा बुधबार आयोजित नेपाल भारत सिमा जनसम्पर्क सम्मेलनमा संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले भने, नेपाल र भारत दुइटै स्वतन्त्र देश हो । तर हाम्रो धर्म, संस्कृति र रितिरिवाज मिल्दोजुल्दो भएकोले देश र जनस्तरबाट पनि हामि बीच असल मित्रता र एक आपसमा गहिरो सद्भाव रहेको उनले बताएका छन् ।

 

नेपाल र भारतबीच पौराणिक कालदेखि नै रोटी बेटिको सम्बन्ध रहेको र सो सम्बन्ध गहिरो सद्भावका साथ निर्वाह हुदै आएको बताउदै मन्त्री यादव भने, हामि सुखदुखमा पनि एक अर्काका सहयोगी रहदै आएका छौं ।

मन्त्री यादवले भने, दुइ देशबीच राष्ट्रिय स्तरमा र नागरिक स्तरमा रहेको मित्रता, सद्भाव र सम्बन्ध युगौं युगसम्म स्थापित रहिरहोस भन्ने चाहन्छु ।

कोभिड १९ का कारण सिमा वारिपारि आवतजावत गर्न लगाइएको प्रतिबन्धका कारण मुलतः सिमामा बसोबास गर्ने दुइ देशका नागरिकलाई ठुलो समस्या झेल्नुपरेको उनले बताए । तर पनि सिमामा बसोबास गर्ने नागरिकहरु बीचको सम्बन्ध सुमधुर र गहिरो रहेको उनले स्पष्ट पारे ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुने अवसर प्रदान गरिएकोमा आयोजक समितिलाई धन्यवाद दिदै मन्त्री यादवले भने, दुइ देशका नागरिक बीच थप सुमधुर सम्बन्धको स्थापना होस ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय