प्रदीप दास ,रौतहट ।
पौष ७ गते,बुधबार । रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर -५ मा स्वास्थ्य चौकी नरकटियाको उदघाटन कार्यक्रम बुधबार भव्यताका साथ् सम्पन्न भएको छ । वडा अध्यक्ष सुबोध चौधरीको विशेष पहल तथा सक्रियतामा वृन्दावन नगरपालिका वडा नम्बर -५ मा नवनिर्मित स्वास्थ्य चौकीको उदघाट्न गरिएको छ ।
नेकपा एकीकृत सामाजवादी पार्टीका अध्यक्ष तथा पूर्व-प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यता, तथा स्वास्थ्य राज्य मन्त्री भवानी प्रसाद खापुंगको बिशेष आतिथ्यतामा सो स्वास्थ्य चौकीको उदघाट्न भएको हो । आज उदघाटन भएको ४५ लाखको लागतमा भवन निर्माण भएको र हाल सो स्वास्थ्य चौकीमा एक जना अहेब र एक जना अनमी गरि दुई जना स्वास्थ्यकर्मीले सेवा दिईरहेको वडा अध्यक्ष सुबोध चौधरीले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष चौधरीले आफ्नो वडामा स्वास्थ्य चौकी नरहेको कारणले त्यहाँका जनता सानोतिनो समस्या (बिरामी) हुदापनि अर्को गाउँमा जाने बाध्यता अब अन्त्य भएको बताउदै आगामी दिनहरुमा उच्च अनुभव प्राप्त गरेका स्वास्थ्यकर्मी ल्याउने र स्वास्थ्य चौकीलाई बृद्ध-वृद्धा,महिला तथा बालबालिका – मैत्री घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसै गरि सो कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले पार्टीको चुनाव चिन्ह सुर्यमा ग्रहण लागेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको भन्दै ओलीको निरंकुश वाणीको बिरोध समेत गर्नुभएको छ । स्वास्थ्य चौकी नरकटियाको उदघाटन समारोहमा हेलिकप्टरले उदघाटन गर्न पुगेका नेता नेपालले आफ्नो पार्टीको चुनाव चिन्ह कलम रहेको भन्दै सत्य र न्यायको लागि कलम सधै चम्किरहने भएकोले यो पार्टीप्रतिको आकर्षण बढिरहेको कुरा सबैले महशुस गरिरहेको बताउदै देशमा यतिखेर एमसिसि को बडो हल्ला चलिरहेकोले देशमा एमसिसि को कुनैपनि आवश्यकता नरहेको र देश कुनै प्रकारको शैनिक गठबन्धनमा नेपाल सहभागी नहुने पनि उनले बताए । उक्त कार्यक्रममा रौतहटको प्रमुख जिल्ला अधिकारी देखि लिएर रौतहट प्रहरी प्रमुखको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रम स्थल भन्दा करिब एक किलोमिटर पर देखि नै शान्ति सुरक्षाको लागि नेपाल प्रहरी,शस्त्र प्रहरी,नेपाल आर्मीको समेत कडा सुरक्षा रहेको थियो भने सो कार्यक्रमको अध्यक्षता सोही वडाका वडा अध्यक्ष सुबोध चौधरीले गर्नुभएको थियो भने स्वागत मन्तव्य वडा नम्बर ४ का वडाध्यक्ष श्याम नन्दन यादवले गर्नुभएको थियो ।
प्रमुख अतिथि तथा नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रिय अध्यक्ष माधव कुमार नेपाल,विशिष्ट अथितिमा स्वास्थ्य राज्य-मन्त्रि भवानी प्रसाद खापुंग,अतिथिहरुमा प्रमुख प्रसाश्किय अधिकृत नागेन्द्र यादव ,नगर प्रमुख राम स्नेही यादव,संबिधान सभा सदस्य देवेन्द्र पटेल,राम कुमार भट्टराई ,प्रतिनिधि सभा सदस्य सरला यादव,कल्याणी खडका,पूर्व स्वास्थ्य राज्य मन्त्रि तथा संबिधान सभा सदस्य डा वंशीधर मिश्र,वृन्दावन नगरपालिकाका नेकपा एस को तर्फबाट नगरप्रमुख पदको प्रत्यासी उम्मेदवार विनोद प्रसाद पटेल र युवा नेता सलामोदिन दर्जी लगायत सुरक्षाकर्मी ,पत्रकार ,सर्वसाधारण जनताहरुको हजारौको संखयामा उपस्थिति रहेको थियो ।



