प्रदीप दास ,रौतहट ।
पौष ०३ गते शनिबार | गाैर- सनातन धर्म रक्षाका लागि गाैर नगर प्रमुख अजय गुप्ताको भुमिकालाई वर्षाै वर्ष सम्म ठुलो योगदानको रुपमा लिईनेछ । गाैर नगरपालिका वडा नम्बर २ द्वारा सञ्चालनमा आएको आधारभुत संस्कृत विद्यालय उदघाटनकाे अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै नगर प्रमुख अजय कुमार गुप्ताले भवन तथा छात्रावास बनाई दिने घोषणा गर्नु भयो । संस्कृत शिक्षाको महत्त्वलाई जन-जनलाई बुझाउन नगरप्रमुख गुप्ताले मटिहानी महन्थ श्री १००८ जगरनाथ दास संग जुमावि गाैरको पछाडिको चारकठ्ठा जग्गा माग गर्नु भयो । रामजानकी कन्या विद्यालय गाैरको परिषरमा आयोजित संस्कृत कक्षा सञ्चालन उदघाटन सभामा बोल्दै महन्थ दासले नगर प्रमुख अजयकुमार गुप्ताले भने अनुसारको काम गर्ने सहयोग गर्ने प्रतिव्द्वता व्यक्त गर्नु भयाे ।उदघाटन सभाका अध्यक्ष तथा गाैर नगर पालिका वडा नम्बर २ का अध्यक्ष राकेश कुमार झाले संस्कृत विद्यालय तथा छात्राबास निर्माणकार्यमा वडा तथा व्यक्तिगत रुपमा आफुले सहयोग गर्ने प्रतिव्द्ता व्यक्त गर्नु भयो । सो सभामा रामजानकी मठ गाैर २ का महन्थ श्री १००८ रामवालक दास, संस्कृत शिक्षाका ज्ञाता प्रोफेसर रमन झा ,नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झा, समाजसेवी धन्जय झा , रामनारायण झा , नरेन्द्र झा सहितका वक्त्ताले वेदवाणी विद्याको रुपमा गाैरमा पढाइ हुने संस्कृत विद्यालय सञ्चालनमा खुशि व्यक्त गर्दै भवन निर्माण कार्य शुरु गराई दिन गाैर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्तासंग अनुराेध गर्नु भयाे ।



