सरोज यादव | सर्लाही , पुस ३ | सर्लाहीको हरिवन नगरपालिका निवासी रामपृत महतो र विन्देश्वर महतोले हरिवन नपा – ४ सासपुर (गेलहा) टोलमा सामुदायिक भवन निर्माणका लागि संयुक्तरूपमा एकएक कठ्ठा जग्गा दानमा दिएका छन् ।

आज(शनिवार)एक कार्यक्रमका बीच सामुदायिक भवन निर्माणका लागि समाजको चाहना अनुरुप लाखौं मूल्य बराबरको जग्गा उपलब्ध गर्नु भएको हो।



