चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेड बरहथवाको १८ औं वार्षिक साधारण सभा -२०७८ भव्यताका साथ सु -सम्पन्न

प्रदीप दास | पौष ०२ गते ,शुक्रबार । सर्लाही जिल्लाको बरहथावा नगरपालिकामा आज शुक्रबार दीपेक चलचित्र बरहथवाको सभा हौलमा चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेड बरहथवाको १८ औं वार्षिक साधारण सभा -२०७८ भव्यताका साथ सु -सम्पन्न भएको छ । आर्थिक बिकास र रुपान्तरणको लागि भन्ने नाराका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त वार्षिक साधारण सभा चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेड को अध्यक्ष राम प्रताप साह को अध्यक्षता मा सम्पन्न भएको हो । साथै प्रक्मुख अतिथि प्रदेश सांसद माननीय संजय कुमार राय ,बिशिष्ट अतिथि बरहथवा नगरपालिकाको नगर प्रमुख देवानन्द महतो ,उप-प्रमुख सित रायमाझी ,राजयोग सेवा केन्द्र बरहथवा का संचालिका राजयोगीनी ब्रह्मा कुमारी गोमा, जिल्ला सहकारी संघ लिमिटेड सर्लाहीको संचालक सदस्य ध्रुवनाथ खनाल ,अतिथि बरहथवा एफएमका प्रतिनिधि प्रदीप कुमार दास ,संस्थापक सदस्य कुन्ती देवी साह ,पत्रकार , महिला कार्यकर्ताहरु लगायत सर्वसाधारणहरुको विशेष उपस्थितिमा उक्त कार्यक्रम भव्यताका साथ् सम्पन्न भएको हो ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय