मन्त्रालयस्तरीय प्रथम त्रैमासिक प्रगति समिक्षा बैठक सम्पन्न

एसपी यादव/काठमाडौ, मंसिर २६ गते । संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवको अध्यक्षतामा मन्त्रालयस्तरीय प्रथम त्रैमासिक प्रगति समिक्षा तथा मन्त्रालयस्तरीय समस्या समाधान समितीको बैठक बिहिवार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सभाहलमा सम्पन्न भएको मन्त्रालयका सह- सचिव एवं प्रवक्ता प्रकाश सन्जेलले जानकारी गराएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय योजना तथा विकास सहायता समन्वय महाशाखाले आ. व. २०७८/७९ को प्रथम त्रैमासिक अवधिको प्रगति समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितीको बारेमा बैठकमा छ्लफल भएको हो ।

मन्त्रालयका सह- सचिव एवं प्रवक्ता प्रकाश सन्जेलका अनुसार, बैठकमा कृषि क्षेत्रको बजेटको अबस्था, आ. व. २०७८/७९ को प्रथम त्रैमासिक अवधिमा लक्षित कार्यक्रमहरुको प्रगतिको सारांश, बेरुजु फर्छयौटको अवस्था, प्रगति कम हुनाका कारणहरु, मुख्य मुख्य उपलब्धीहरु, आयात तथा निर्यात अवस्था, पन्ध्रौं योजनाको हालसम्मको अवस्था, यस अघिको मन्त्रालयस्तरीय विकास समस्या समाधान समिती (NDAC) को कृषि क्षेत्रसंग सम्बन्धित निर्णयहरु र कार्यान्वयनको अवस्था, ४६, ४७ र ४८ औं राष्ट्रिय विकास समस्या समाधान समिती (NDAC) को कृषि क्षेत्रसंग सम्बन्धित निर्णयहरु र कार्यान्वयनको अवस्था र यस बैठकमा पेश भएका समस्याहरु तथा समस्या समाधानार्थ लिनु पर्ने निर्णयहरु लगायतका विषयहरुमा छ्लफल भएको उनले जनाएका छन् ।

मन्त्री यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा मन्त्रालयका सचिव द्वय डा. गोविन्द प्रसाद शर्मा र निरु दाहाल पाण्डे, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निजि सचिव डा. दिनेश कुमार यादव मन्त्रालयका सह- सचिव एवं प्रवक्ता प्रकाश कुमार सन्जेल, सूचना अधिकारी डा. प्रदीपचन्द्र भट्टराई लगायतका उपस्थिति रहेको थियो ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय