ग्लोबल आईएमई बैंकले ग्राहकलाई दियो डिजिटल बैंकिङ सम्बनधी तालिम

मंसिर २२ हरिवन, सर्लाही | आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ सम्बन्धी जानकारी गराउने उदेश्यले ग्लोबल आईएमई बैंकले वित्तिय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
प्रदेश २ को सर्लाही सहितका आठ ओटै जिल्लाका शाखाहरुमा बैंकका ग्राहक तथा सर्वसाधारण समेतको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो ।
अहिले डिजिटल युग हो । मोबाईल तथा ईन्टरनेटको पहुच अहिले सबै ठाउमा पुगि सकेको छ । यस्तो अबस्थामा अहिले मोबाईलबाटै बैंकिङ सम्बन्धी सम्पुर्ण काम गर्न सकिन्छ । तर सो सम्बन्धी ज्ञान नहुदा ग्राहकहरुले दुख पाईरहेको भन्दै आफुहरुले आफ्ना ग्राहक र अन्य सर्वसाधारणलाई समेत लक्षित गर्दै अभिमुखिकरण कार्यक्रम गरेको ग्लोबल आईएमई बैंक हरिवन शाखाका प्रबन्धक संजीव कुमार साहले बताए ।
बुधबार पहिलो दिन लालबन्दी र हरिवनमा कार्यक्रम सम्पन्न भएको हो । दुबै स्थानमा गरी सयभन्दा बढिको सहभागिता रहेको थियो । सहभागिहरुलाई डिजिटल बैंकिङ भनेको के हो ? घरमै बसेर मोवाईलबाटै कसरी बैंकिङ सेवा लिन सकिन्छ? र डिजिटल बैकिङका फाईदाहरु के के छन्? लगायतका विषयमा सिकाएको थियो ।
कार्यक्रमको सहजीकरण बैंकका कार्ड अपरेटर रुपेश शर्मा,मार्केटिङ डिपार्टका सागर बहादुर सिंह र प्रदेश २ का म्यानेजर गंगा बहादुर जिसले गरेका बैंकका लालबन्दी शाखाका प्रबन्धक महेश्वर पराजुलीले बताए ।
बैंकले प्रदेश २ का आठ ओटै जिल्लामा कार्यक्रम गर्ने केन्द्रीय तालिका अनुसार नै सर्लाहीमा पनि कार्यक्रम गरेको हो ।
काठमाण्डौ केन्द्रीय कार्यालय रहेको सो बैंकको प्रदेश २ मा २४ ओटा शाखा रहेको बैंकले जनाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय