एसपी यादव/काठमाडौ, मंसिर २२ गते । त्रीपुरेश्वर स्थित रहेको नेपाल पशु चिकित्सा परिषद्को नवनिर्मित भवनको बुधबार एक कार्यक्रमका बिच समुद्घाटन समारोह भव्यताका साथ सम्पन्न भएको छ ।
समुद्घाटन समारोहका प्रमुख अतिथि संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले सो भवनको समुद्घाटन गरेका हुन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका भेटेरिनरी कम्प्लेक्स त्रिपुरेश्वर स्थित रहेका कार्यालयहरुको अनुगमन, निरिक्षण तथा नवनिर्मित भवनको समुद्घाटन समारोहमा मन्त्री यादवले निर्देशन सहितको मन्तव्यमा भने, पशु स्वास्थ्य तथा जनस्वास्थ्यका दृष्टिकोणले महत्वपूर्ण पशुपन्छीका रोग निदान प्रविधिलाई समय सापेक्ष परिस्कृत गरि अझ प्रभावकारी बनाउने उनले बताए । महत्त्वपूर्ण पशुपन्छीका सबै रोगहरुको प्रयोगशाला निदान तथा इपिडेमियोलोजिकल अन्वेषण एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयोगशालाहरु संग समन्वय गरि रोग निदान, अन्वेषण तथा नियन्त्रण प्रक्रियामा एकरुपता ल्याउने मन्त्री यादवले जनाए ।
अन्तरास्ट्रिय प्रयोगशाला तथा संघ संस्थाहरु संग सहकार्य गरि राष्ट्रिय रोग निदान पद्धतिलाई सुदृढ बनाउनुका साथै जनस्वास्थ्य तथा राष्ट्रिय दृष्टिकोणबाट संबेदनसिल देखिएका जैविक तत्वहरुको संरक्षण, संचय तथा समुचित उपयोग गर्ने व्यवस्था मिलाउन आवश्यक पहल थाल्ने मन्त्री यादवले बताए ।
मन्त्री यादवले अनुगमन तथा निरीक्षण गरेका कार्यालयहरु केन्द्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला र केन्द्रिय रिफरल पशु चिकित्सालय रहेका छन् ।
अनुगमन तथा निरीक्षणका क्रममा कार्यालयहरुको तर्फबाट मन्त्री यादव समक्ष ब्रीफिङ र कार्यपत्र समेत प्रस्तुत गरिएको थियो ।
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाद्वारा नेपाल पशु चिकित्सा परिषद्को नवनिर्मित भवन हस्तान्तरण गरिएको हो ।
संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव प्रमुख अतिथि रहेका सो कार्यक्रमका विशिष्ट अतिथिका रुपमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचीव निरु दाहाल पाण्डे रहेकी थिइन् । त्यसतै अतिथिका रुपमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह- सचीव डा. सम्झना कुमारी काफ्ले, मन्त्रालयका निजि सचीव डा. दिनेश कुमार यादव, नेपाल पशु चिकित्सा परिषद्का पदाधिकारी, पशु सेवा बिभागका महानिर्देशक, उपमहानिर्देशक, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका निर्देशक, कार्यालय प्रमुखहरु रहेका थिए ।
कार्यक्रमको अध्यक्षता नेपाल पशु चिकित्सा परिषद्का कार्यवाहक अध्यक्ष डा. स्वयम प्रकाश श्रेष्ठले गरेका थिए । सञ्चारकर्मी समेतको उपस्थिति रहेको सो कार्यक्रमको उद्घोषण भने डा. शंकर पाण्डेले गरेका थिए ।



