महोतरीको एकडाराबाट १०१ किलो गाँजा सहित तिनजना पक्राउ

महोतरी –  महोत्तरीमा तयारी गाँजा १०१ किलो पाचसय ग्राम सहित तिनजनालाई शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । शसस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीका डिआईजी गणेश वहादुर ठाडामगरले पाएको विशेष सुराकीको आधारमा उनीबाट खटाइएको विशेष टोलीले गाँजा सहित मानिसलाई नियन्त्रणमा लिएको हो । गाँजा सहित दुईजना पक्राउ परेका छन भने एकजना सोहि बिचबाट पक्राउ परेपनि उनको संलग्नता वारे अझै खुल्न सकेको छैन ।

जलेश्वर नगरपालिका र एकडारा गाउपालिकाको सिमा पर्ने एकडारा गाउपालिका ५ को गेना बथनाहा स्थित खेतको बाटोबाट शसस्त्र प्रहरीको विशेष टोलीले शुक्रवार राती ९ः३०मा उक्त सामग्री सहित तिनैजनालाई पक्राउ गरेको शसस्त्र प्रहरी बल नेपाल नं. ९ गण हे.क्वा का गणपति एसपी सुरेश सापकोटाले बताए ।

पक्राउ पर्नेमा एकडारा गाउपालिका ३ वस्ने वर्ष ६० को राम खेलावन मण्डल र जलेश्वर नगरपालिका ७ वस्ने वर्ष ५० को सुरेश यादव सहित थप एकजना रहेकोमा नाम नखुलेका मानिसको गाँजा तस्करीमा संलग्नता वारे प्रहरी अनुसन्धान पछिमात्र खुल्ने शसस्त्र प्रहरीका एसपी सापकोटाले बताए । पक्राउ परेका गाँजा सहित तिनैजनालाई आवश्यक प्रकृया पुरा गरि प्रहरीलाई जिम्मा लगाईने एसपी सापकोटाले बताए । पक्राउ परेकाहरु भरिया हुन सक्ने प्रारम्भिक अनुमान रहेपनि प्रहरी अनुसन्धानले सवैकुरा खुल्ने उनले बताए ।

उनले डिआईजीको लागु औषध नियन्त्रणको लागि कडा निर्देशन रहेकोमा सोहि अनुरुप यो भन्दा पहिला समेत करिव ८ विग्हा जग्गामा लगाइएको गाँजाको बोट फडानी गरिएको तथा सोहि दिन ४३.५ किलो तयारी गाँजा समेत प्रहरीले जलेश्वर नगरपालिका ७ स्थित स्थानिय एकजनाको घरबाट नियन्त्रणमा लिएको थियो ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय