वडा अधिवेशनमा पुगेका मन्त्रीमाथि आक्रमण, सुरक्षा गार्डले चलाए गोली

सर्लाही – नेपाली कांग्रेस सर्लाहीको वडा अधिवेशनमा पुगेका प्रदेश २ का महिला, बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहमाथि आक्रमण भएको छ।

बलरा नगरपालिका वडा नम्बर-९ मा भइरहेको अधिवेशनमा पुगेका मन्त्री सिंहमाथि अधिवेशनमै सहभागी कांग्रेसी कार्यकर्ताहरुले आक्रमण गरेका हुन्।

अधिवेशन स्थल कांग्रेस नेता अमरेशकुमार सिंहको गाउँमा पर्छ। साँझ ६ बजे यो घटना भएको बताइएको छ। मन्त्रीमाथि आक्रमण भएपछि उनका सुरक्षागार्डले गोली समेत चलाएको छ।

सुरक्षा गार्डले गोली चलाएपछि उनीमाथि समेत रड प्रहार भएको हो। गोली चलेपछि अधिवेशन स्थगित भएको हो |
नेपाल समय बाट साभार

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय