एसपी यादव/सर्लाही, मंसिर ४ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको जिल्ला कार्यसमिति सर्लाहीद्वारा शनिबार आयोजित एक कार्यक्रमका बिच संघीय सरकारका माननीय कृषि तथा पशुपन्छि विकास मन्त्री महेन्द्र राय यादवले जिल्ला पार्टी कार्यालयको उद्घाटन गरेका छन् ।
पार्टी कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले भने, सहज हिसाबले पार्टीको कामकाज निरन्तर संचालन गर्न र पार्टीका कार्यकर्ता र जनताहरुलाई सहज एवं स्तरिय सेवा प्रवाह गर्न पार्टी कार्यालय सक्रिय भएर लाग्ने उनले बताए ।
उद्घाटन समारोह कार्यक्रममा सर्लाही निर्वाचन क्षेत्र नं. ३ ‘ख’ बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद मा. संजय कुमार यादव, जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, कबिलासी नपाका मेयर कौशल किशोर यादव, जसपाका जिल्ला अध्यक्ष बिरेन्द्र राय, जसपा सर्लाही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय इन्चार्ज राम बिनय राय लगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरु, पत्रकार र आम जनसमुदाय समेतको भव्य उपस्थिती रहेको थियो ।



