सर्लाहीको धनकौल गाउँपालिकाको प्रशासनिक भवनको समुदघाटन सम्पन्न ।

राधेश्याम कुशवाहा, २९ कार्तिक सर्लाही। सर्लाहीको धनकौल गाउँपालिकाको नव निर्मित मुख्य प्रशासनिक भवनको समुदघाटन कार्यक्रम सम्पन्न भएको छ । महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंह को प्रमुख अतिथ्यता र गाउँपालिका अध्यक्ष रामअश्रय साहको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै धनकौल गाउँपालिका विकास निर्माणको हरेक क्षेत्रमा जिल्लामै उत्कृष्ट रहेको महिला, बालबालिका तथा युवा खेलकुद मन्त्री विरेन्द्र सिंह दाबी गर्नुभयो । मैले जिल्लाको २० पालिका भ्रमण गरेको छु, मन्त्री सिंहले भने तर आफनै ४ बर्शको कार्यकालमा भवन निर्माण गरेको यो पहिलो घटना हो । यो भवन जिल्लामा मात्र नभई प्रदेश २ कै उत्कृष्ट भवनको रहेको बताउदै धनकौल गाउँपालिका जिल्लामै नमुना गाउँपालिका रहेको फेरि जिकिर गर्नुभयो।

कार्यक्रमा बोल्दै पालिका अध्यक्ष रामाश्रय साहले सबैको साथ र सहयोगले धनकौल गाउँपालिकाले आफनै मुख्य प्रशासनिक भवनको निर्माण गर्न सफल भएको बताउनुभयो । ठेकेदारले समयमा भवन निर्माण गरेर दिएकोमा उहाँ पनि धन्यवादको पात्र रहेको बताउनुभयो ।

उदघाटन कार्यक्रममा पालिका अध्यक्ष रामश्रय साह, उपाध्यक्ष अकली सहनी, प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडा, जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रमुख कृष्ण प्रसाईं , सशस्त्र प्रहरी बल सर्लाहीका प्रमुख भरत खनिया, बसबरिया गाउँपालिका अध्यक्ष रामअयोध्या राय, सबै वडाहरुका वडाअध्यक्ष, पालिका कर्मचारी लगायत स्थानीयवासीहरुको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय